सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उद्योग वाणिज्य संघले स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्ग समक्ष संघका अध्यक्ष मन्सुरीले ध्यानार्कषणपत्र


नेपालगन्ज,बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलाई नेपालगन्ज उद्योग वाणिज्य संघले बुधवार स्वागत गरेको छ । भर्खर जिल्ला आएका प्रमुख जिल्ला अधिकारीलाई संघले कार्यकाल सफलताको शुभकामना दिएको हो ।


स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्ग समक्ष संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले ध्यानार्कषण पत्र समेत दिए । संघले नयाँ प्रमुख जिल्ला अधिकारीलाई कुशल एवं उत्कृष्ट प्रमुख जिल्ला अधिकारीका रुपमास्वागत गर्न पाउँदा बाँकेका उद्योगी, व्यवसायी हर्षित भएको उल्लेख गरेको ।


‘बधाईका साथै सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दै जिल्लाको शान्ती, सुरक्षा एवं अमनचयन कायम गर्न निजीक्षेत्रका तर्फबाट सदैव सक्रियतापूर्वक सहयोग रहने दृड बिश्वास दिलाउँछौं ।’– संघले भनेको छ ।


संघले बजार खुकुलो बनाउने उद्योगी, व्यवसायीको राय प्रमुख जिल्ला अधिकारी समक्ष पेश गरेको छ ।‘एकातिर कोरोनाको कहर छ भने अर्को तर्फ लकडाउनका कारण उद्योग, व्यवसाय ठप्प भएका कारण उद्योगी, व्यवसायी घर न घाटको हुने अवस्था सिर्जना भएको छ ।’– संघले भनेको छ । उसले व्यापार नचलेपनि बैंकको ऋणदेखि सरकारलाई बुझाउनुपर्ने करहरु तिर्नुपर्ने ताकेता आउँदा व्यवसायीहरु दिनप्रतिदिन मर्कामा पर्दै गएको बताएको छ ।


नेपालगन्ज पश्चिम नेपालको आर्थिक केन्द्र हो । यहाँको उद्योग, व्यवसाय ठप्प हुँदै यस क्षेत्र नै प्रभावित भएको छ । लकडाउन कहिले खुल्ने भन्ने निश्चित नभएको अवस्थामा उद्योगी, व्यवसायी अझ अन्यौलग्रस्त भइरहेका छन् ।

यसबीचमा उद्योगी, व्यवसायीले लकडाउनकै बीचमा स्वास्थ्य सजगता अपनाएर बजारलाई उचित, आवश्यक बिधि र प्रक्रिया अपनाएर बजारलाई खुकुलो बनाउँदै लैजानुपर्ने विषयमा एकमत छन् ।

कोरोना महामारीबाट जोगिने गरी व्यापार व्यवसाय सन्चालन गर्न प्रशासनका तर्फबाट आवश्यक सहयोग र समन्वयका लागि संघले अनुरोध गरेको प्रवक्ता टंक बहादुर धामीले बताए ।


स्वागत कार्यक्रममा निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, बरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल, उपाध्यक्ष अमित बस्नेत, महासचिव चिरञ्जीवी ओली लगायतका पदाधिकारी एवं कार्यसमिति सदस्य उपस्थित थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »