सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उद्योग संघले लकडाउन र निषेधाज्ञा हटाउन माग

नेपालगन्ज , नेपालगन्ज उद्योग वाणिज्य संघले असोज १ गतेदेखि आन्तरिक लकडाउन र निषेधाज्ञालाई पूर्णरुपमा हटाउन माग गरेको छ ।

उपभोग्य एवं अत्यावश्यक सामान उत्पादन तथा विक्री वितरण गर्ने कार्य प्रभावित भएको भन्दै संघले लकडाउन र निषेधाज्ञा हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेसंग माग गरेको हो ।

बिहिवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकबाट कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न लागू गरिएको लकडाउन तथा निषेधाज्ञा असोज १ बाट हटाउन माग गरेको हो ।

‘साढे पाँच महिना झेल्नसम्म झेलियो । अब झेल्नै नसकिने अवस्था आयो ।’ संघका अध्यक्ष मन्सुरीले भने,–‘त्यसकारण अब असोज १ गतेबाट पूर्णरुपमा लकडाउन खोल्ने र निषेधाज्ञा हटाउनुपर्छ भन्ने मेरो जोडदार माग राख्छौ ।’

संघले शुक्रवार र शनिवार हुँदै आएको निषेधाज्ञा पनि हटाउने विषयमा पनि पुर्नविचार गर्न माग गर्ने निर्णय गरेको महासचिव चिरञ्जीवी ओलीले बताए ।

नेपालगन्ज २५ भदौ : नेपालगन्ज उद्योग वाणिज्य संघले असोज १ गतेदेखि आन्तरिक लकडाउन र निषेधाज्ञालाई पूर्णरुपमा हटाउन माग गरेको छ । उपभोग्य एवं अत्यावश्यक सामान उत्पादन तथा विक्री वितरण गर्ने कार्य प्रभावित भएको भन्दै संघले लकडाउन र निषेधाज्ञा हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेसंग माग गरेको हो ।

बिहिवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकबाट कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न लागू गरिएको लकडाउन तथा निषेधाज्ञा असोज १ बाट हटाउन माग गरेको हो ।

‘साढे पाँच महिना झेल्नसम्म झेलियो । अब झेल्नै नसकिने अवस्था आयो ।’ संघका अध्यक्ष मन्सुरीले भने,–‘त्यसकारण अब असोज १ गतेबाट पूर्णरुपमा लकडाउन खोल्ने र निषेधाज्ञा हटाउनुपर्छ भन्ने मेरो जोडदार माग राख्छौ ।’

संघले शुक्रवार र शनिवार हुँदै आएको निषेधाज्ञा पनि हटाउने विषयमा पनि पुर्नविचार गर्न माग गर्ने निर्णय गरेको महासचिव चिरञ्जीवी ओलीले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »