सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उपमहानगरपालिका वडा नं १८का वडा अध्यक्ष दीपक वर्माको पहलमा एकपछि अर्को बिकास योजना सुरु

नेपालगन्ज , नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ गुलरिया बाईपास रोड देखि भित्री कारकादो गाउँ जाने बाटो पक्की नाला सहित सडक कालो पत्रे हुने भएको छ ।

सो सडकको शिलान्यास वडा अध्यक्ष दीपक बर्माले गर्नु भयो । उक्त सडकको बजेट वडा अध्यक्ष बर्माको पहलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट प्राप्त भएको हो । चालु आर्थिक बर्षमा थप सडक सोहि मन्त्रालय बाट वडा नं १८ मा परेको छ ।

यस्तै गत आर्थिक बर्षमा पनि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट दुइ वटा योजना वडा अध्यक्ष बर्माको पहलमा पार्न सफल हुनु भएको थियो । तेजनगरमा पीच बाटो र अर्को सुकुम्बासी,दलित तथा मधेसी बस्तीमा सोलार बत्तिको योजना परेको छ ।

चालु आर्थिक बर्षमा वडाको बजेटबाट कालोपत्रे सडक संगै वडाको विभिन्न टोलमा चालु आर्थिक बर्ष ( ७७/७८) मा एक दर्जन भन्दा बढी पीच बाटो वडा नं १८ निर्माण हुने वडा अध्यक्ष दीपक बर्माले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »