सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उपमहानगर वडा ८ मा धमाधम धमाधम वडा भेला सम्पन्न


नेपालगन्ज,नेपालगन्ज उपमहानगरपालिकामा धमाधम योजना छनौट भरहेका छन् । विभिन्न वडाहरुले वडा भेलाको आयोजनागरी योजना छनौट गरिरहेका छन् ।


यसैक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा ८ ले पनि सोमवार एक भेलाको आयोजनागरी योजना छनौट गरेको छ ।


स्थानीय विकास निर्माणदेखि आर्थिक आयआर्जनका कार्यक्रमहरुलाई प्राथमिकतामा दिन स्थानीयबासीले माग गरेको वडाअध्यक्ष सुरेन्द्र गुप्ता बैश्यले जानकारी दिनुभयो । कोडिभ १९ का कारण वडा भेला ढिला गर्नु परेको जानकारी दिदै उहाँले त्यसमा पनि सामाजिक दुरीको पालना गरेर भेला सम्पन्न गरिएको जानकारी दिनुभयो ।


उहाँले वडालाई सम्बृद्धि हुने खालका कार्यक्रम गर्ने धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी का केन्द्रीय सदस्य ओम पकाश अजाद तथाराष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रिय अध्यक्ष दिपेन्द्र बहादुर सिंह लगायतको सहभागिता रहेको थियो ।


साथमा उक्त वडाका वडा सदस्य रजनी वाजपेयी, निखिल बैश्य,खुसिरानी देवि बानिया, निर्मला कनोजिया,र वडा नम्बर ८ का नन्दकिशोर ठाकुर, सत्यनारायण गुप्ता, गोपिनाथ गुप्ता लगायत अन्य वडाका जनप्रतिनिधि पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

पालगन्ज उप महानगर पालिका वडा नम्बर ८ का वडा सचिव शान्ता घर्तीले संचालन गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »