सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उप-महानगरपालिकाले आजदेखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

नेपालगञ्ज,नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । वडा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो । राष्ट्रिय बाणिज्य बैंकले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन् ।


नेपालगञ्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा नम्बर २२ का वडा अध्यक्ष अब्दुल गफ्फार हलवाईसमक्ष खुसी प्रकट गर्दै वडावासीले नेपालगञ्ज उपमहानगरपालिकालाई धन्यवाद दिएका छन् । सामाजिक सुरक्षा भत्ता बुझ्न पुगेका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ का स्थानीयले घर छेउँबाटै सेवा पाएपछि खुसी भएका छन् । वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउने भएपछि आफूहरु जस्तो बृद्धबृद्धालाई निकै सहज भएको बताए ।
उनले आफूहरुले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुरुप नागरिकको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको बताए ।उपप्रमुख कमरुद्दिन राईले जनताको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्यले नागरिकको अनुहारमा खुसी देखिँदा आफूहरुलाई सन्तोष मिलेको बताए ।
राष्ट्रिय बाणिज्य बैंक नेपालगञ्ज शाखाका सहायक प्रबन्धक अनुप न्यौपानले वडा न. २२ का ३ सय ७८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताउनुभयाे | । अहिलेलाई नेपालगञ्जका १४ वटा वडामय पुगेर भत्ता वितरण गर्ने गरी नेपालगञ्ज उपमहानगरपालिकासंग सहकार्य भयेको जानकारी थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »