सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उप महानगर पालिका वडा नम्बर ४ का युवाहरू द्वारा दुई सय घर परिवारलाई खाद्यान्न वितरण

नेपालगन्ज ,नेपालगन्ज उप महानगर पालिका वडा नम्बर ४ का युवाहरू द्वारा २ सय जना घर परिवारलार्ई खाद्यान्न वितरण गरिएको छ ।

खाद्यान्न सामाग्रीमा १० किलो चामल, १ किलो नुन, १ लिटर तेल, १ किलो दाल लगायतका सामानहरु मा २ सय जना परिवारलार्ईलाई वितरण गरिएको थियो ।


नेपालगन्ज नगर बिकास समिति का पुर्व अध्यक्ष तथा सयाेजक गाेपाल पुनले वितरण गर्नु भएको थियो । नेपालगन्ज नगर बिकास समिति का पुर्व अध्यक्ष तथा सयाेजक पुनले नगरभित्रका अति विपन्न परिवारलाई प्रत्यक्ष सहयोग गर्न पाएकोमा खुशी भएको बताउनुभयो ।

उहाँले भन्नु भयो जुन ठाउँको भएपनि कसैले भोक भोकै नरहून स्थानीय पालिकाले राहत सामाग्री वितरण गर्नमा कही छुटेको छ भने यस्ता सामाजिक कार्यहरुमा मैले गर्नु पर्ने कामका लागी म सदैंव राहत दिन तयार रहेको नेपालगन्ज नगर बिकास समिति का पुर्व अध्यक्ष तथा सयाेजक पुनले बताउनु भयो ।

नेपालगन्ज नगर बिकास समिति का पुर्व अध्यक्ष तथा सयाेजक गाेपाल पुन , राज कुमार श्रेष्ठ ,त्रिलोक पाण्डे ,तेजकान्त अधिकारी , लक्ष्मन बस्याल, राज कस्यप, चित्र बहादुर डागि ,डिल्ली बहादुर बिष्ट लगायतको सहभगिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »