सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज टेक्निकल कलेजका प्रिन्सिपल दामोदर ढकालले नै ट्रेक्टर चलाएर धान रोपाइँ गरे

नेपालगन्ज ,प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको बाँकेको नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जका प्रिन्सिपल इन्जिनियर दामोदर ढकालले आफै ट्रेक्टर चलाएर खेतमा असार पन्ध्रमा धान रोपाइँ गरेका छन् ।
असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
कलेजको हाता भित्र रहेको खेतमा कलेजका र नेपालगन्ज टेक्निकल स्कुलका शिक्षक शिक्षिकाहरु मिलेर धान रोपाइँ गरेको प्रिन्सिपल ढकालले बताए ।


अघिल्लो वर्षहरुमा शिक्षक तथा विद्यार्थीहरु मिलेर रोपाइँ गरिन्थ्यो यसपटक बन्दाबन्दीले गर्दा शिक्षकहरुले मात्र रोपाइँ गरेको टेक्निकल स्कुलका प्रिन्सिपल पवन कैरातीले बताए ।


मध्य गर्मीको यो समयमा युवा युवती रोपाहाहरुले खेतका गराको रोपाइँ गर्ने हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही चिउरा खान्छन् । दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।


आजको दिनलाई मानो रोपेर मुरी फलाउने दिनका रुपमा पनि लिने गरिन्छ । यस वर्ष प्रि मनसुन सिजनदेखि नै पर्याप्त पानी परिरहेकाले मध्य असारसम्म आइपुग्दा बाँकेमा ३५ प्रतिशत रोपाइँ सकिइसकेको नेपालगन्ज टेक्निकल कलेजका प्रिन्सिपल ढकालले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »