सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज-२० नयाँबस्ति थपुवामा निशुल्क प्राथमिक स्वास्थ्यबाट शिविर १ सय ९६ जनाले सेवा लिए


नेपालगन्ज , नेपालगन्ज उप महानगरपालिका वडा नम्बर २० नयाँबस्ति थपुवामा निशुल्क प्राथमिक स्वास्थ्य उपचार शिविर सन्चालन गरिएको छ । लाइफलाइन जनरल हस्पिटल नेपालगन्जको प्राविधिक सहयोगमा छाना कृषि सहकारी संस्था लिमिटेडले प्राथमिक उपचार शिविर सन्चालन गरिएको हो । शिविरबाट १ सय ९६ जनाले सेवा लिएका छन । कृषि सहकारीका आफ्ना सदस्य लगाएत स्थानियहरुलाई सेवा प्रदान गरिएको थियो ।

शिविरमा लाइफलाइन जनरल हस्पिटल नेपालगन्जका जनरल फिजिसियन डा। पारस श्रेष्ठ र क्रिष्टिना नामोक श्रेष्ठले सेवा दिएका हुन । सहकारी र लाइफलाइन जनरल हस्पिटलका कारण आफुहरुले घरदैलो मै स्वास्थ्य सेवा लिन पाएको भन्दै खुसि व्यक्त गरे । वडा नम्बर २० मा पनि विकट मानिने क्षेत्रमा गरिएको स्वास्थ्य शिविरमा सेवा लिन आउनेहरुमा डाडहरु दुख्ने , सुगर प्रेसरका विरामिहरु, छालाका विरामि, पाठेघर सम्बन्धि समस्या भएका, नाक कान घाटिका समस्या भएका विरामिहरु रहेको छाना कृषि सहकारी संस्थाका अध्यक्ष अनिता भण्डारीले जानकारी दिइन ।

वडा नम्बर २० का वडाध्यक्ष कौशल धोविले गाउँमा बस्ने विपन्न वर्गमा ठुलै समस्या नपर्दा सम्म स्वास्थ्य चेकजाच गर्ने, अस्पताल जाने प्रचलन कम भएकाले सिविर मार्फत स्वास्थ्य चेकजाचँ गर्दा सहज बनेको उल्लेख गरे । भेरि अस्पतालमा डायलासिस विभाग प्रमुख समेत रहेका फिजिसियन डा। पारस श्रेष्ठले पाठेघर सम्बन्धि समस्या भएका विरामि, नाक, कान, घाटि सम्बन्धि समस्या भएकाहरुलाई अस्पतालमा रिफर गरिएको बताए । अन्य सामान्य समस्या भएकाहरुलाई लाइफलाइन हस्पिटलले औषधि समेत निशुल्क वितरण गरेको थियो । शिविरमा सुगर प्रेसर पनि परिक्षण गरिएको डा श्रेष्ठले जनाए ।

भर्खरै

सम्बन्धित खबर

Language »