सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालन्ज उद्योग वाणिज्य संघले गरे सशस्त्र प्रहरीलाई सहयोग


नेपालन्ज,नेपालन्ज उद्योग वाणिज्य संघले कोरोना बिरुद्धको अभियानमा बनाएको बिपद् व्यवस्थापन कोषले सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हे.क्वा. बागेश्वरी बाँकेलाई १० बन्डल जस्तापाता हस्तान्तरण गरेको छ ।


बाँकेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको पोष्ट निर्माणका लागि बिहिवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जस्तापाता हस्तान्तरण गर्नुभयो ।


सीमा सुरक्षामा दिन रात नभनी खटिएका प्रहरीलाई डिउटीमा समस्या नहोस् भनेर क्याम्प निर्माणका लागि सानो सहयोग गरिएको अध्यक्ष मन्सुरीले बताउनुभयो ।
उहाँले संघको बिपद् कोष मार्फत बिभिन्न सहायता प्रदान गरिरहेको जानकारी दिनुभएको छ ।
साथै संघले बनाएको बिपद् कोषमा सहयोग गर्ने क्रम जारी रहेको छ ।


जस अनुसार बिहिवार कोषमा अध्यक्ष मन्सुरीले ७ हजार ५,पूर्व महासचिव बिष्णु लामिछानेले ९ हजार, व्यवसायी एवं समाजसेवी मुन्ना मन्सुरीले ७ हजार ५, व्यवसायी रामकुमार राठौरले ७ हजार ५ सय र व्यवसायी उपकार टण्डनले सात हजार ५ सय सहयोग गर्नुभयो ।


जस्तापाता सहयोग गरेकोमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हे.क्वा. बागेश्वरी बाँकेले संघलाई धन्यवाद दिएको छ । अस्थायी पोष्टमा कष्टकर तरिकाले डिउटी गरिरहेका सशस्त्र प्रहरीलाई पक्की संरचना निर्माणका लागि जस्तापाता सहयोगी सावित हुने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »