सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा अहिलेसम्मकै बढी संक्रमित थपिए,१७० जना थपिएर १ हजार २ सय १२ पुग्यो

काठमाडौं । नेपालमा थप १ सय ७० जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा शुक्रबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल १ हजार २ सय १२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् ।

संक्रमितमध्ये हालसम्म २०६ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका हुन् । मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६४ हजार १ सय ४४ परीक्षणहरु गरिएका छन् ।

शुक्रबारको अपडेटमा क्‍वारेन्टाइनमा ९९ हजार ३ सय ३६ जना रहेका छन् । हालसम्म आइसोलेसनमा देशभरी १ हजार जना रहेका छन् ।आज थपिएको संख्या अहिलेसम्मकै उच्च हो । यस अघि हिजो बिहीबार एकैपटक १ सय ५६ जनामा संक्रमण पाइएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »