सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ४३

काठमाडौँ । बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र रुपन्देहीमा भएका परीक्षणमा यी संक्रमण देखिएका हुन् । यसअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । बुधबार बिहानमात्रै २ जनामा संक्रमण देखिएको थियो ।

संक्रमण पुष्टि हुनेमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, पर्साका ३ र नवलपरासीका १ जना छन् । बुधबार संक्रमण पुष्टि हुनेहरुमा रुपन्देहीका २२, २२, २५, २८, ३०, ३२, ३३ र ४१ वर्षीय पुरुष तथा ४ र १० वर्षीया बालिकासहित २८ वर्षीया महिला रहेका छन् ।

त्यस्तै कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ तथा पर्साका ३६ र ७४ वर्षीय पुरुष तथा ३६ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको हो । त्यस्तै नवलपरासीका ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य भएको पनि उनले जानकारी दिए ।

हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३८, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ६, कैलालीमा ४, रौतहट र बारामा ३/३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी, धनुषा र भक्तपुरमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »