सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा काेराेना संक्रमित संख्या २५० पुग्याे !

काठमाडाैँ। नेपालमा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) काे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार बिहानकाे दाेस्राे अपडेटमा थप ५ जनामा काेराेना पुष्टि भएकाे हाे । यससँगै नेपालमा कोरोना संक्रमित संख्या २५० पुगेको छ ।

पछिल्लाेपटक फेला परेकामध्ये सर्लाही, धनुषा र महाेत्तरीका रहेका छन् । मन्त्रालयका अनुसार सर्लाही, धान्काैल नगरपालिका निवासी ४५ वर्षीय एक पुरूष तथा धनुषाकाे जनकपुर र मिथिला निवासी ४० वर्षीय पुरूष तथा २० वर्षीया महिलामा संक्रमण देखिएकाे हाे । यसैगरी महाेत्तरीकाे जलेश्वर र बलवा निवासी १६ तथा ३५ वर्षीय पुरूषमा पनि संक्रमण देखिएकाे छ ।

उनीहरू सबैकाे स्वस्थ्य अवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ । बिहीबार नै बिहान पहिलाे अपडेटमा २ जना थपिएका थिए । उनीहरू कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »