सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा काेराेना संक्रमित ८ हजार ६ सय ३१

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय ३१ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । यो सँगै संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ । झापा, सुनसरी, मोरङ, महोत्तरी, सर्लाही, बारा, बागलुङ लगायत जिल्लामा नयाँ संक्रमित भेटिएका छन् ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँकी एक महिला र भक्तपुरका ७ जना महिलामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमले गएको २४ घन्टामा १ सय ७६ जना डिस्चार्ज भएको पनि जनाए ।

भर्खरै

सम्बन्धित खबर

Language »