सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८३ पुग्यो

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ ।

मंगलवार मन्त्रालयमा नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यो संगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ८३ पुगेको छ।

मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष रहेका छन् । त्यस्तै काभ्रेकी ५० वर्षीय महिला र सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको हो ।

यस्तै गत २४ घन्टामा देशभर थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै देशभर कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ भने संक्रमितमध्ये १६ हजार ६६४ जना डिस्चार्ज भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »