सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

काठमाडौँ। नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको हो ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मोरङ र सिरहाका १–१ तथा बाराका २ जनाको गरी ४ जनाको निधन भएको बताए ।

यसअघि बिहीबार स्वास्थ तथा जनसंख्या मन्त्रालयले ९५ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको थियो ।

यस्तै देशभर शुक्रबार मात्रै थप ५९४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »