सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा कोरोनाबाट पाँचौ व्यक्तिको मृत्यु भएको औपचारिक पुष्टि,मृतकको शव व्यवस्थापन सेनाले गर्ने

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० का कारण थप एक जनाको मृत्यु भएको औपचारिक पुष्टि भएको छ छ । ललितपुरमा बुधबार साँझ १ जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ५६ वर्षीय पुरुषको बुधबार ललितपुरको किस्ट अस्पतालमा मृत्यु भएको हो। अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यले उनको निधन भएको बुधबार नै पुष्टि गरेका थिए। यसअघि नेपालमा चार जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

मृत्युपछि आएको पीसीआर रिपोर्टको नतिजा पोजिटिभ देखिएको थियो। संक्रमितको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाको समन्वयमा गर्ने निर्णय भएको छ । कोरोनाबाट एक जनाको मृत्यु भएपछि ललितपुरको बुङमति-२२ मा अपरिचित मानिसको प्रवेशमा रोक लगाइएको छ ।

ललितपुर महानगरपालिका–२२ बुङमतीका ५६ वर्षीय ती व्यक्तिको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा व्यवस्थापन गर्ने निर्णय भएको छ । साथै मृतकसँग सम्पर्कमा आएका आफन्त, चिकित्सक, परिवार र टोल बस्तीमा कन्ट्याक्ट ट्ेरसिङ, ट्रयाकिङ, र टेस्टिङ गर्ने पनि निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । उनका अनुसार यसका लागि स्थानीय तहसँग समन्वय गर्न स्वास्थ्य कार्यालय प्रमुखलाई जिम्मवारी दिएको छ । कुरुवालाई भने अस्पतालमै राखिएको छ।

जेठ ११ गते पाटन अस्पताल पुगेका ति पुरुषलाई त्यहाँ आईसीयू नभएको भन्दै ग्वार्कोस्थित किस्ट अस्पतालमा रिफर गरिएको थियो। जेठ ११ गते अस्पतालको आईसीयूमा राखिएका उनलाई १२ गते भेन्टिलेटरमा सारिएको थियो। १२ गते भेन्टिलेटरमा राखेपछि थ्रोट स्वाब परीक्षणका लागि पठाइएको थियो। स्वाब परीक्षणको पीसीआर रिपोर्ट मृत्युपछि पोजिटिभ आएको किस्ट अस्पतालका निर्देशक बज्राचार्य बताए।

आजमात्र नेपालमा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएभएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »