सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुग्यो, २२० जना कोरोना जितेर डिस्चार्ज

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या आठ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मृत्यु भइसकेका दुई जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै मृतकको संख्या आठ पुगेको हो। यसअघि नेपालमा कोरोनाकै कारण ६ जनाको मृत्यु भएको थियो।

प्रवक्ता देवकोटाका अनुसार दैलेखको दुल्लु नगरपालिका–७ को क्वारेन्टाइनमा रहेका दुल्लु–११ का ३५ वर्षीय पुरुष र बाजुराकी दुई वर्षीया बालिकाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुगेको हो। बालिकामा पखाला, ज्वरो, श्वासप्रश्वासमा समस्या हुने लक्षणहरु देखिएका थिए । उनको परिवार आठ दिन अघि भारतबाट फर्किएको हो । यो सँगै कोरोनाले नेपालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

दैलेखका पुरुषको शनिबार मृत्यु भएको थियो भने बाजुराकी बालिकाको आइतबार बिहान बाजुरा अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो। नेपालमा कोरोना जित्नेको संख्या भने २२० पुगेको छ।

सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक र यो गरी ८ जनाको मृत्यु भएको छ


आइतबार एकै दिन १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या १५ सय ६७ पुगेको हो।

भर्खरै

सम्बन्धित खबर

Language »