सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५७ पुगेको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५७ पुगेको जनाएको छ ।

बारामा दुई र पर्सामा १ गरी आज एकै दिन तीन जना कोरोना संक्रमित थपिएका हुन् । हाल तीनै जनाको बीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले बीरगञ्जका ४६ बर्षीय पुरुष र बाराका २६ र ४३ बर्षीय पुरुषमा संक्रमण पोजिटिभ पाइएको जानकारी दिनुभयो ।

उनीहरु सबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षणबाट पोजिटिभ पुष्टि भएको पनि देवकोटाले बताउनुभयो ।

उनीहरु तीनै जना यस अघि स्थानीय क्वारेन्टाइनमा रहेको र भारतको नयाँ दिल्लीको तब्लिगी जमातीबाट फर्किएकाहरुको सम्पर्कमा रहेको जानकारी पनि पनि प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

ती संक्रमितहरु उपचार गरेर बीरगञ्जको नारायणी अस्पतालबाट फर्किएका हुन् ।

यस अघि आजै पर्सामा पोजिटिभ देखिएको भनिएका अर्का एक व्यक्तिको पछिल्लो रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »