सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु भएको औपचारिक पुष्टि

काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार थप एक जनाको कोरोनाकै कारण मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

उनका अनुसार जेठ १० गते भारतबाट नेपाल आउने क्रममा ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । उनको पीसीआर परीक्षणको पोजिटिभ रिपोर्ट बिहीबार मात्र आएको मन्त्रालयका प्रवक्ता देवकोटाको भनाइ छ। उनको सम्पर्कमा रहेका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ।

बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबार मात्रै ‍औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ । घर फर्किने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्कस्थित गच्चे भन्ने स्थानमा गाडेका थिए ।

हालसम्म संक्रमण पुष्टि भएकामध्ये यो संख्यासहित सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीमा एक, ललितपुरमा एक, बारामा एक गरी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »