सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा थप १ जनाको कोरोनाबाट मृत्यु,कोरोनाबाट मर्नेको संख्या १६ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अर्घाखाँचीको मालारानी–४ को सार्वजनकि आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका ५७ वर्षीय पुरुषको मृत्यु भएको हो।

स्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार गराएर फर्किने क्रममा उनको मृत्यु भएको हो।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा भएको उनको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको हो। उनी १२ दिन अघि भारतको महाराष्ट्रबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए।

उनको शव अर्घाखाँचीमै अन्त्यष्टि गर्ने तयारी भइरहेको छ। उनको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ।

यस्तै नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार शुक्रबार चार सय २८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच हजार ६२ पुगेको हो। कोरोना जित्नेको संख्या भने आठ सय ७७ पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »