सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमित ९,०२६, २३ को मृत्यु

काठमाण्डौँ, असार ७
नेपालमा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२१ जनामा संक्रमण देखिएको हो।

आज थपिएका ४२१ सहित नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा थप १९४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७७२ पुगेको छ।

गुल्मिका ६९ वर्षिय पुरुषको असार ५ गते घरमा नै मृत्यु भएको छ ।
यो संगै मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७५ जिल्लामा संक्रमण देखिएको छ

भर्खरै

सम्बन्धित खबर

Language »