सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा थप ६ जनामा कोरोना संक्रमण,मृत्यु हुनेको संख्या ४ पुग्यो

काठमाडौं । सोमबार थप ६ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमित व्यक्तिहरू अछामका ३२ वर्षीय पुरूष, गुलरिया र पर्साका संक्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै संक्रमितको संख्या ६ सय ८१ पुगेको छ। यसअघि सोमबार बिहानै काठमाडौंका तीनसहित ७२ जना कोरोना संक्रमित थपिएका थिए। अहिलेसम्म १ सय ११ जना कोरोनाको उपचारपछि निको भएर घर फर्किसकेका छन्।

त्यस्तै कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि गरिएको थियो । तर सोमबार विहान उनको कोरोना पोजेटिभ भएको रिपोर्ट आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »