सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा नयाँ राजनैतिक युगको शुरुवात भएको घोषणा

काठमाण्डौ । बिद्रोहि नेकपा र नेपाल सरकार ले वार्ताको  माध्यम द्वारा तिन बुदे सहमति पत्रमा हस्ताक्षर गर्दै अब  नेपालमा  नयाँ राजनैतिक  युगको शुरुवात भएको बताएका  छन्।

राष्ट्रीय शभा गृह प्रदर्शनिमार्गमा भएको सम्झौता हस्ताक्षर कार्यक्रमालाइ सम्बोधन गर्ने  क्रममा  प्रधानमन्त्री के.  पि.  शर्मा  ओलि ले यस्तो भनेका  हुन्।

सहमतिपत्रमा हस्ताक्षरका लागि शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले भने, ‘हामीले नगरा बजाएर वार्ता गरेनौं । वार्ताझैँ गर्यौं । जस्तो वार्ता हुन्छ त्यसैगरी गम्भीरताका साथ वार्ता गर्यौं ।’ उनले विप्लव र आफूबीच झण्डै १० वर्षदेखि नै विश्वासको वातावरण रहेको र त्यसैको जगमा अहिलेको सहमति भएको समेत भन्न भ्याए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको भन्दै विप्लवले चालेको शान्तिपूर्ण राजनीति आउने कदम साहसिक भएको बताएका छन् । उनले विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्यान्डिङ भएको पनि बताए ।

धेरै कुरा, धेरै विषयको एउटै निष्कर्षका रुपमा आफूहरुले ‘कुनै समस्या आए छलफल र वार्ताबाटै टुंग्याउछौँ,’ भनेर सहमतिको एउटा बुँदामा उल्लेख गरेको उनले बताए ।  आफूले ८/१० वर्ष अघि विप्लवसँग गम्भीर कुरा गरेको र त्यो बेला केही घण्टासम्म दुई जनाबीच कुरा भएको पनि प्रधानमन्त्री ओलीले खुलासा गरे । त्यो बेलादेखि नै एक अर्कामाथि विश्वास बढेको उनले बताए ।

गत वर्ष सरकारले पृथकतावादी आन्दोलनमा हिँडेका सिके राउतलाई राष्ट्रिय राजनीतिको मुल धारमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यही राष्ट्रिय राजनीतिको मूल धारमा आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि आएको प्रस्ट पारे । उनले आफूहरु एउटै उद्देश्यमा रहेको पनि बताए । ‘समृद्ध नेपाल सुखी नेपाली,’ उनले भने, ‘हाम्रो साझा उद्देश्य हो ।’

ओलीले भने, ‘यस खुला परिवेशमा र शान्तिपूर्ण राजनीतिमा , राष्ट्रिय राजनीतिको मूलधारमा उहाँलाई स्वागत गर्न चाहन्छु । मलाई विश्वास छ यस राजनीतिमा पौडी खेल्न विप्लवलाई आउँछ । उहाँ यसमा पौडी खेलेर सफलताका साथ अगाडि बढ्नुहुनेछ भन्ने विश्वास लिएको छु,  यसमा उहाँलाई सफलताको हार्दिक शुभकामना भन्न चाहन्छु ।’

ओलीले विप्लव नेतृत्वका नेता धर्मेन्द्र बास्तोलालाई भर्खरै जेलबाट छुटेर आएकोमा बधाई दिए । समारोहको मञ्चमा आसिन व्यक्तिहरुलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले धर्मेन्द्र बाँस्तोलाको नाम लिनासाथ ‘बधाई छ भर्खरै छुटेर आउनु भयो’ भनेका थिए । उनले अगाडि भने, ‘यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो, आफू त १४ वर्ष…।’

संबोधनको क्रममा  नेकपाका  महासचिव बिप्लब ले नेपालको राजनैतीक  परीवेश बदलिएको र  जनताको चाहना पनि यस्तै रहेकोले  आफ्नो पार्टीले वार्ताको माध्यम द्वारा नै समस्याको हल खोज्न  वार्तामा बसेर  तिन  बुदे सहमति गरेको बताएका  थिए । नेपालको सामाजिक  रुपान्तरण को  आन्दोलनमा  हजारौं यौद्धाहरुले आफ्नो प्राणको बलिदान  दिएको स्मरण गर्दै सहिद हरुको सपनामा  कुनैपनि  हालतमा  घातनगर्ने  प्रतिवद्धता जाहेर समेत  गरेका  थिए  ।

क्रान्तिकारी हरु हरेक  परिस्थिति  को सामना गर्न  तयारहुनुपर्छ भन्दै बिप्लब ले यो वार्ता लाई गलत दृष्टी ले नहेर्न  र शंका नगर्न  सबैलाई अनुरोध गरेका  थिए । वार्ता पनि क्रान्तिकै एउटा अभिन्न अंग हो भन्दै यसलाई अनर्थमा  नलिन र सबै थोक  यहिबाट हुन्छ भनेर नझुक्किन सबैलाई  सचेत भएर रहन उनले आग्रह गरेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »