सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा मजदुरहरुको अवस्था र मजदुर संगठनको कार्यभार

बिनोद थापा
संयोजक अखिल नेपाल क्रान्तिकारीले ट्रेड युनियन महासंघ

अखिल नेपाल क्रान्तिकारीको ट्रेड युनियन महासंघ नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन भएकोले सैद्धान्तिक बैचारिक राजनिति रूपमा एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत बैज्ञानिक समाजबाद स्थापनाको महान उदेश्यमा गोलबन्द भई मजदुर आन्दोलनलाई कसरी शसक्त बनाउन सकिन्छ भनि गहन अध्यन तथा अन्बेषण गर्दै अगाडि वढिरहेको छ। क्रान्तिकारी मजदुर आन्दोलनको मुख्य कार्यभार भनेको श्रम क्षेत्रमा भईरहेको उत्पिडन विभेद र अधिकारको प्रश्नलाई घनिभुत बनाउदै राज्यसत्ताले थोपरिरहेको श्रमिक अर्थात मजदुर बिरोधि गतिबिधि बिरुद्द निर्णायक संघर्षको लागि खडा भएको संगठनको रूपमा बुझनु पर्दछ । एक जुझारु मजदुर पक्षिय संगठन हुनुको नाताले यस संगठनमा आबाद्द मजदुर नेतृत्वले थप चनाखो बन्दै आम शोसित पिडित मजदुर बर्गलाई संगठनमा गोलबन्द बनाउन जरुरी छ।

सैद्धान्तिक रूपमा लुटेरा दलाल पुँजिवादले थोपरेको श्रम विरोधि हतकण्डालाई परास्त गर्न र श्रमिक बर्गलाई पुँजिपति बर्गले एक मालको रूपमा प्रयोग गरिरहेको अहिलेको यो अबस्थालाई वैज्ञानिक समाजबादी राज्यब्यबस्था द्दारा सबै बिभेदहरु लाई अन्त्य गराउन आबश्यक छ।यो भुमिकामा क्रान्तिकारी मजदुर संगठनले शसक्त पहल कदमि लिनुपर्ने संगठनको पहिलो कार्यभार हो।

त्यसैले मजदुर संगठन कस्तो बनाउने श्रमिक मैत्रि समाज कसरी निर्माण गर्ने र यसको सँगाठनिक संरचना कस्तो हुने भन्ने बारेमा हामिले गम्भीर समीक्षा गर्दै अगाडि बढनु पर्ने भएको छ । नेपालको सन्दर्भमा जतिसुकै राजनिति परिबर्तन भएको दाबि गरेपनि सामाजिक तथा आर्थिक रूपान्तरण हुनसकेको छैन ।

यो देशमा एकात्मक तथा निरङकुस सामान्ति व्यबस्था मा होस वा हाल चलिरहेको दलाल संसदिय ब्यबस्थामा होस नेपालमा औद्यौगिक पुजिबाद राष्ट्रिय पुजिबादको बिकास कहिल्यै हुन सकेन फलस्वरुप समान्तबादि उत्पादन सम्बन्धको ठाँऊमा दलाल पुजिबादले आफ्नो बर्चश्व कायम गरेको छ । हिजोका सामान्त सुदखोर नोकरशाहरुले नै नेपालको अर्थतन्त्रमा एकखालको प्रभुत्व जमाईरहेको छन।बस्तुको उत्पादन र सेवामा दलाल पुँजिबाद हाबि भएको छन भने उपभोग्य मूल्य र बिनिमय मुल्यमा व्यापक उतार चढाब छ उत्पादन शक्ति र उत्पादनको साधन माथि एकाधिकार कायम छ ।

यो सताब्दिमा विभिन्न आधुनिक उपकरण तथा प्रबिधिद्दारा मजदुरको श्रम माथि व्यापक हस्तक्षेप र कटौति गरिरहेको छ । अल्प बिकसित हाम्रो जस्तो मुलकमा टुक्रे उत्पादन प्रणालीको कारण मजदुर चेतनामाथि खेलबाड गर्ने देखि लिएर अस्तब्यस्त श्रम क्षेत्रबाट मूठ्ठिभरका दलालहरुले नाफा कुम्ल्याईरहेका छन।श्रम ऐन कानुनका दायरा संकुचित भएको छ । श्रम क्षेत्रमा क्रियाशिल ट्रेड युनियनहरुको बर्गसमन्वयकारी चरित्रको कारण श्रमिकहरु संगठनप्रति रुचि देखाउन छाडेका छन् । यसको नकारात्मक असर क्रान्तिकारी मजदुर संगठनमा पनि पर्न गएको छ । यद्यपि हाम्रो संगठन र मजदुर नेता कार्यकर्ताहरुको सचेत पहलकदमिका कारण बिघटित बिर्सजित मजदुर संगठन पुर्नजिबन दिने काम भएको छ। अथक प्रयत्नबाट फेरी आसाका अंकुर पलाउन थालेको छ। जसको कारण मजदुर हित बिरोधि संघ संगठनहरु यतिखेर श्रम क्षेत्रमा नाङ्गिएका छन ।

तथापि हाम्रो संगठनको थप दायित्व बढेको र श्रमिकको आसा र भरोसा हामी प्रति आघात भएकोले थप जिम्मेवारी हामी सबैको काँधमा आईपरेको महशुस हुन्छ। हामिले आम शोसित पिडित श्रमिक बर्गको हितमा ईमान्दारी पुर्बक काम गर्न कर्तब्यनिष्ठ भई अनुसासित बन्न आबश्यक छ।क्रान्तिकारी पना आफ्नो जिबन ब्यबहारमा देखिने कुरा हो अनुशानहिनताले बर्ग बिरोधिहरुको क्याम्पमा पुर्याउदछ । तथ्यबाट सत्य पत्ता लगाउने माक्र्सवादी दर्शनको सान्दर्भिकता भनेको कार्यकर्ताको जाँच पडताल पनि हो ।

श्रमिक सर्बहारा बर्गको मुक्तिको दर्शन माक्र्सवाद लेनिनवाद माओबादमा बिकास भई आजको युगसम्म आईपुग्दा लाखौ हजारौ कम्युनिस्टको अनुयायी जोदाह योद्दारुले मुक्ति र स्वतन्त्रताको लागि बलिदान गरे नेपालमा पनि कम्युनिष्टले खेलेका भुमिका अबिस्मरणिय रह्यो । तर केही गद्दारि र धोकाधडिको कारण यतिखेर बामपन्थिहरु दक्षिणपन्थि अबसरबादको गोल चक्करमा फस्न पुगेको छ। उनिहरु बाट श्रमिक बर्गले आसा र भरोसा गर्ने अबस्था रहेन उनिहरुले यहि सँकटग्रस्त दलाल संसदिय ब्यबस्थालाई नै उत्तम व्यबस्थामा हो भनि भ्रम छरिरहेका छन।

यहि परिपेक्षमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका नीति सिद्धान्त बिपरित छदम अवसरबादिहरुले क्रान्तिकारी नेतृत्व बिरुद्ध मिथ्या झुठ र भ्रम र्सिजना गरि प्रतिक्रियावादी सत्तालाई जानअन्जान मलजल गर्ने दुस्साहस गर्ने कोषिशबाट सतर्क रहने आफ्नो बैचारिक धरातालवाट बिचलित नहुने र त्यस्ता प्रबृतिगत समस्या भएकाहरु उपर निर्मम बनी उनिहरुलाइ रुपान्तरणको प्रक्रियामा अन्तिम मौका दिई सचेत गराउनु पर्दछ।तसर्थ लेनिनबादि संगठानत्मक सिद्धान्त विधि पद्धति भन्दा बिपरित स्वेइच्छाचारी बन्ने छुट हामिलाई क्रान्तिकारी मजदुर संगठनमा कहिल्यै छैन र हुदैन पनि। सामुहिक नेतृत्व प्रणालिको बिकासमा जोड दिदै साँस्कृित रुपान्तरण र पारादर्शि जीवन कम्युनिष्ट पार्टीको सदस्यको नैतिकता भित्र पर्दछ ।

भर्खरै

सम्बन्धित खबर

Language »