सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालसँगको मैत्रीपूर्ण खेलमा भारतीय कप्तान सुनिललाई विश्राम दिइने

भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्री नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि नआउने भएका छन् । सेप्टेम्बर २ र ५ तारिखमा दशरथ रंगशालामा नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि घोषणा गरिएको टिममा कप्तान सुनिललाई आराम दिइएको छ ।

आसन्न साफ च्याम्प्यिनसिप र एशियन कप छनोट चरणको तयारीमा रहेको भारतले नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि आराम दिएको हो ।
भारतका प्रमुख प्रशिक्षक इगोर स्टिम्याकले शुक्रबार २३ सदस्यीय टिम घोषणा गरेका हुन् ।

भारतीय टिमले आउँदो सोमबारदेखि कोलकत्तामा प्रशिक्षण शुरु गर्दै छ । धीरज सिंह मोरङ्गथेम, विशाल कैथ, डिफेन्डरहरु आशिष राई, सेरिटन फर्नान्डेज, अदिल खान, चिङ्ग्लेसाना सिंह, राहुल भेके, आकाश मिश्र, मन्दार राउ देसाइ र ब्रान्डन फर्नान्डेज, ललेङ्गमाविया, ग्लैन मार्टिन्स, जिक्सन सिंह, अनिरुद्ध थापा, ब्रान्डन फर्नान्डेज, साहल अब्दुल समाद, हलिचरण नजारी, बिपीन सिंह र यासिर मोहम्मद रहेका छन् ।

स्ट्राकरको रुप्मा राहुल केपी, फारुख चौधरी, इशान पण्डीता र रहिम अलि पनि टिममा रहेका छन् । यसैगरी दुई गोलरक्षक अम्रिन्दर सिंह, गुरप्रित सिंह र अम्रिन्दर सिंह पनि केही समय पछि टिममा समावेश हुने बताइएको छ ।
साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले घरेलु मैदानमा भारतसँग खेल्दै छ । त्यसका लागि नेपाली टिमले तयारी पनि शुरु गरिसकेको छ । काठमाडौंमा केही समय अभ्यास गरेको नेपाली टिम यतिबेला पोखरामा रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »