सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाली काँग्रेस बाँकेकी महिला नेतृ तथा पुर्व सांसद बिकले गरे नेपाल प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान

नेपालगन्ज , आमजनताको रक्षाको लागि खटिने नेपाल प्रहरीलाई बिहिबार स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

नेपाली काँग्रेस बाँकेकी महिला नेतृ तथा पुर्व सांसद आशा बिकले इलाका प्रहरी कार्यालय धनौली खजुरालाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको हो ।

सर्वसाधारणको सुरक्षाका लागि रातदिन खटिरहने प्रहरीलाई जनताले सहयोग दिएमात्र सुरक्षा हुन सक्ने भएकाले प्रहरीलाई सानो सहयोग गरिएको बताइएको छ ।

प्रहरी चौकीलाई एन ९५ मास्क ४० थान, सर्जिकल ग्लोब्स, सेनिटाइजर लगायतका सामाग्री उपलब्ध गराइएको छ ।

स्थानीय युवा अस्लम भाँटको सक्रियतामा सो सामानको व्यवस्थापन भएको छ ।

कोरोना भाइरसको संक्रमणले चारैतिर प्रभाव बढाउदै लगिरहेको अवस्थामा सुरक्षा गर्ने प्रहरीसंग स्वास्थ्य सामाग्रीको अभाव भएपछि सो सामाग्री सहयोग गरिएको भाटले बताउनुभयो । प्रहरी चौकी धनौलीमा ४३ जना प्रहरी कार्यरत छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »