सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाली कांग्रेसले अन्तरघात गरेको कारण मैले हार ब्योहोर्नु पर्योः शिब हुमागाई

काठमाडौँ । काभ्रे नेपाली कांग्रेसको आन्तरिक कारणले हार व्यहोर्नुपरेको शिब हुमागाइले बाम लोकतान्त्रिक गठबन्धनको विजय भएका उम्मेदवारहरुलाई शुभकामना दिने क्रममा बताउनु भएको छ ।

हारबाट निराश नभएको भन्दै आफुलाई मतदान गर्ने मतदाताहरुको घरघरमा पुगेर धन्यवाद दिने व्यक्त गर्नु भएको छ । उहाँले बाचिन्जेल निरन्तर निष्ठाको राजनीति गरिरहने र कहिले पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले पार्टी भित्र अन्तरघाट गर्नेहरुको विरुद्घ एक जुट भएर लड्ने घोषण गरेको छ । उम्मेदवार मनोनयन दर्ता गर्ने समय देखि नै चक्र ब्यूहमा फसाएको शिब हुमागाईले विजय सभालाई सम्बोधनको क्रममा खुलासा गरेको हो ।

काभ्रे क्षेत्र नं। २ को प्रदेश सभा २ बाट निर्वाचित एकीकृत समाजवादीका उम्मेदवार लक्ष्मण लम्सालले विजय महोत्सव भीडमा भेट्न नसकेकाहरुले चिन्ता नलिन आग्रह गर्नु भएको छ । प्रत्येक वडा वडामा पुगेर जनतालाई धन्यवाद दिन आउने प्रतिबद्धता गर्नु भएको छ ।

बाम लोकतान्त्रिक गठबन्धनका सबै दलहरुसँग सहकार्य गरि काभ्रे जिल्लालाई समृद्धि बनाउने अभियानमा लाग्ने बताउनुभयो ।
काभ्रेली जनताको शिर झुक्ने कुनै पनि अनैतिक कार्य नगर्ने प्रतिबद्धता गरेका छन् ।

बागमती प्रदेश सभाको यूवा तथा खेलकुद मन्त्री तथा पुनः निर्वाचित हुनुभएको प्रदेश सभा सदस्य रत्न ढकालले नेपालको संघीय गणतन्त्रलाई रक्षा गर्ने समुहले जित हासिल गर्न सफल भएकोमा खुशी व्यक्त गर्नु भयो ।

यसैगरी प्रदेश सभा २ को विजय उम्मेदवार तिर्थ लामाले लोकतन्त्रको रक्षाको निम्ति जीत आवश्यकता थियो । हामीले जित्यो । अब हामी एक भएर लोकतन्त्रको संरक्षण गर्ने छौ । बताउनु भयो ।

काभ्रे क्षेत्र नं. १ बाट विजय हुनु भएको प्रतिनिधिसभाको सदस्य सुर्यमान दोङ (लालध्वज) ले भाषण भन्दा पनि काम गरेर देखाउने प्रतिबद्घता गर्नु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »