सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाली घ्यू जापान र दुवईमा निर्यात

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका घ्यू जापान र दुवईमा निर्यात हुन थालेको छ । पछिल्लो केही महिनामा झण्डै ४२ लाख मूल्य बरारको ५ हजार लिटर घ्यू जापन र दुबई निर्यात भएको दुग्ध विकास संस्थानले जनाएको छ ।

जापनामा पाँच लटमा गरेर ४५ सय लिटर र दुबईमा पहिलोपटकमा पाँच सय सिलटर घ्यु निर्यात भएको संस्थानका योजना तथा बजार व्यवस्था विभाग प्रमुख सञ्जीव झाले अनलाइनखबरलाई बताए ।

‘नेपाली घ्यूलाई निकै रुचाइएको छ, नेपाली निर्यातकर्ताले लैजान थाल्नु भएको छ, संस्थानले निर्यातको लागि प्रतिलिटर ८५३ रुपैयाँ मूल्य निर्धारण गरेको हो,’ झाले भने ।

हालसम्म ४२ लाख ६५ हजार रुपैयाँ बराबरको घ्यू निर्यात भएको र लकडाउन सहज भए पछि झनै निर्यात बढ्ने संस्थानको आशार रहेको उनले बताए ।

डेरी उत्पादन बिकाउन छुट

लकडाउनका कारण नबिकेको दूग्धजन्य पदार्थ बिक्रि बढाउन संस्थानले छुट अफर घोषणा पनि गरेको छ । संस्थानको उत्पादन याक चिज, घ्यू, मख्खन र कञ्चन चिज बिक्रीमा संस्थानले छुट तथा अर्को उत्पादन दिने अफर घोषणा गरेको हो ।

साउन सात गतेसम्म दिइएको अफरमा पाँच सय ग्राम याक चिज खरिद गर्दा पाँच सय एमएलको पोली दही निःशुल्क पाईने छ । यस्तै दुई सय ग्राम याक चिज खरिदमा एक सय एमएल आइसकि्रम निःशुल्क पाइने छ ।

एक लिटर घ्यू किन्दा पाँच सय एमएलको पोली दही निःशुल्क पाइनेछ भने पाँच सय एमएलको घ्यू किन्दा एक सय एमएलको आइसक्रिम निःशुल्क पाइने छ ।

यस्तै एक किलो मख्खन खरिदमा पाँच सय एमएलको दही निःशुल्क पाइन्छ भने कञ्चन चिज पाँच सय एमएल खरिदमा एक सय एमएल आईसकि्रम निःशुल्क पाइनेछ ।

संस्थानले धुलो दूध, एसएमपी र होल मिल्क पाउडरमा पनि बिक्रेता छुट योजना लागू गरिएको जनाएको छ । यस्तै मख्खन र घ्यूको बिक्री प्रवर्द्धन गर्न विक्रेतालाई इन्सेन्टिभको व्यवस्था गरिएको पनि संस्थानले जनाएको छ ।

लकडाउन खुलेसँगै दुग्ध पदार्थको बिक्री बढेको संस्थानको बजार व्यवस्थापक सञ्जीव झाले जानकारी दिए । संस्थानले आफ्नो वाषिर्क उत्सवको अवसर पारेर बिहीबारदेखि प्रतिलिटर एक हजार मूल्य पर्ने शुद्ध गाईको घ्यू पनि बिक्रि थालेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »