सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाली व्रन्च फेष्ट २०७७ हुने

काठमाडौं । नेपाली खानाको महत्व बढाउने उदेश्यले नेपाली व्रन्च फेष्ट २०७७ हुने भएको छ।

ग्यास्ट्रोामि टुरिजम एशोसियसन अफ नेपाल र हानकुक सारुङ्ग कोरियन रेष्टुरेन्ट,ठमेलको संयुक्त आयोजना चैत १४ शनिबार देखि नेपाली व्रन्च फेष्ट हुने आज पत्रकार सम्मेलन गरि सो कुराको जानकारी दिएको हो ।

 नेपाली खानामा पनि परम्परागत दाल भातको मेनुबाट माथि उठ्न र परम्परागत र जातिय र क्षेत्रीय खानालाई एउटा समष्टिगत रुपमा पस्कदै जाने क्रममा नेपाली पनि व्रनच मेनुको विकाश गरी नँया पन दिलाउने उद्देश्य सहित आगामि चैत्र १४ गते शनिवारका दिनबाट व्रन्च नेपाली व्रेकफाष्ट र लन्च समावेश गरी नेपाली व्रेकफाष्ट मेनुलाई पनि जाड्ने तयारी गरिएको हो ।

जसमा नेपाली व्रेकफाष्ट मेनुसँग कोरियन र अन्य नेपाली स्वाद र सामाग्रीसँग समन्वय गरी विभिन्न परिकार बनाइने छ । यसरी यो कार्यक्रममा विभिन्न परिकारहरुको समन्वय गरिएको खाना पारखिलाई भरपुर स्वाद लिने अवशर मिल्ने छ ।

उक्त कार्यक्रममा रु ५०० मा १२ देखि १५ प्रकारका परिकारको मज्जा लिन पाइने व्यवस्था मिलाइएको छ । सातै प्रदेशका खानालाई पनि समावेश गरिने समेत जानकारी गराउन चाहन्छौं ।

खानाको विकास एउटा नियमित प्रक्रिया हो । मानिस र सभ्यताको विकासले नै समाजको स्तर बढाएको हुन्छ । मुख्यतः नेपाली विहानको खाना र नेपाली परिभाषित गर्ने नेपाली खानालाई नयाँ उचाइमा पु¥याउने उद्देश्य सहित विदेशमा लामो समय काम गरी नेपाली खानालाई प्रवद्धन गर्न चाहाने सफेहरुलाई पनि समावेश गरी यो कार्यक्रम ग्यास्ट्रोामि टुरिजम एशोसियसन अफ नेपाल र हानकुक सारुङ्ग कोरियन रेष्टुरेन्ट,ठमेलको संयुक्त आयोजना गर्न लागिएको ग्यास्ट्रोामि टुरिजम एशोसियसन अफ नेपाल का अध्यक्ष सुरेश चन्द्र बस्नेतले जानकारी दिनु भयो।

भर्खरै

सम्बन्धित खबर

Language »