सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाली समाज कतारका बरिष्ठ उपाध्यक्ष प्रकाश आले मगर सहित १५० जना जनप्रगतिशिल मञ्च कतार मा प्रबेश

कतार । देशमा आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको दिन नजिकिदै गर्दा यसको प्रभाव बिभिन्न कामको शिलसिलामा बिदेशमा रहेका सहयोगी संगठनहरुमा समेत पर्न थालेको छ ।
कतारमा रहेको जनता समाजवादी पार्टी निकट नेपाली समाज कतारका बरिष्ठ उपाध्यक्ष प्रकाश आले मगर सहितको १५० जनाको समुहले सो पार्टी र संगठन छोडी नेकपा (माओवादी) निकट संगठन जनप्रगतिशिल मञ्च कतारमा समाहित भएको एक बिज्ञप्ति मार्फत घोषणा गरेका छन् ।
त्यसरि घोषणा गर्नेमा बरिष्ठ उपाध्यक्ष प्रकाश आले मगर ,उपाध्यक्ष राजकुमार राई , महिला उपाध्यक्ष देवि कुमारी मगर , कोषाध्यक्ष गजेन्द्र खालिङ, सहकोषाध्यक्ष एक्का प्रसाद तामाङ(योगेन्द्र),सल्लाहाकार पदम राई , ननिन्द्र राई , सदस्यहरु आशा राई ,प्रकृती राई ,डााडे माया शेर्पा राई,धर्मराज राई,ङवाङ्ग फुरि शेर्पा , विज्ञान राई लगायत रहेका छन् ।
प्रकाश आले मगर , गजेन्द्र राई र एक्का प्रसाद तामाङ(योगेन्द्र)ले हस्ताक्षर गरेको विज्ञप्तिमा जनयुद्धको जगमा भएको २०६२÷०६३ को जनआन्दोलन तथा मदेश आन्दोलन लगायतका आन्दोलनको उपलब्धिको रुपमा प्राप्त संबिधानको रक्षा गर्नुपर्ने अबस्थामा त्यहि संबिधान बिरोधि धार संग गठबन्धन गरेकाले जनता समाजवादी पार्टीमा रहिरहनु भनेको त्यसकै मतियार बन्नु भएकोले सो पार्टी परित्याग गर्नु परेको उल्लेख गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »