सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाली सेनाको मुख्यालयमा आगलागी

काठमाडौं । भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा भएको आगलागी नियन्त्रणमा आएको छ।

आर्मी अफिसर क्लब नजिकै अवस्थित प्रधान सेनापतिको पुरानो कार्यालयको दोस्रो तलामा बिहीबार दिउँसो भएको आगलागी नियन्त्रणमा आएको नेपाली सेनाले जनाएको हो ।

नेपाली सेनाका प्रवक्तासमेत रहेका सहायक रथी सन्तोष बल्लभ पौडेलका अनुसार विद्युत सर्ट भएर आगलागी भएको बताए । 

‘विद्युत सर्ट भएर लागेको आगो भर्खरै नियन्त्रणमा आएको छ’, सेनाका प्रवक्ता पौडेलले अन्नपूर्ण अनलाइनसँग भने, ‘समयमै आगो नियन्त्रणमा आएकाले कुनै पनि क्षति भएको छैन ।’ 

भर्खरै

सम्बन्धित खबर

Language »