सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाली सेफ अवार्ड २०२१ हुँदै

काठमाडौं । ग्लोबल नेप्लिज सेफ फेडरेशन र अन्तर्राष्ट्रिय नेप्लिज सेफ्स सोसाइटी युकेको संयुक्त आयोजनामा अलोफ्ट होटलको प्रस्तुति रहेको नेपालीज ग्यास्ट्रोनोमी सेफ कम्पिटिशन २०२१ साथै नेपाली सेफ अवार्ड हने भएको छ।

कार्यक्रम यहि २२ मार्च २०२१ चैत्र ९ गते अलफ्ट होटल काठमाडौ को प्रयोजनमा सेन्चुरी मसला संगको सहकार्यमा काठमाण्डौ को पाँच तारे होटलमा हुन गइरहेको बिहीबार पत्रकार सम्मेलन गरि जानकारी गराइयो।

कम्पिटिशनहरु बाट नै नेपाली खानाको विकाश र विस्तार र नेपाली खानालाई स्तरिय बनाउन सहयोग पुग्ने आयोजक न्ल्ऋँ का अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले बताउनु भयो।

विश्व नेप्लिज सेफ सोसाइटीका संरक्षक सुर्य किरण श्रेष्ठले कम्पिटिशनका विविध विधाका वारेमा जानकारी गराउनु भयो।


प्रतिस्प्रदामा नितान्त नेपाली खाना र त्यसको प्लेटिङ्गमा फोकस हुने छ । ७र८ जनाले मात्र प्रतिसप्रदामा भाग लिन पाउने छन जो अनलाइन बाट छनोट गरिनेछ । यस प्रतिस्प्रधामा पहिला रु ५००००,दोस्रो रू ३०००० र तेस्रो रू २०००० दिईने छ।

जजको रुपमा बिबिसी मास्टर सेफका उपबिजेता सन्तोष शाह र अल्फ्ट होटलका जिएम बिक्रम सिंघ रहेको जानकारी गराइयो।


यस कम्पिटिसन र अवार्ड लाई सेन्चुरि मसाला,बाबा तेल,अउरा हाइजिन,टुरिजम बोर्ड, गेट कलेज,रिट्ज कलेज,आइसिएचएम कलेज , मार्कोपोलो रेस्टुरेन्ट तथा विभिन्न संस्था हरुले साथ दिएको अध्यक्षद्वय भान्से लक्षमन भंडारि ले बताउनु भयो ।

बिदेशी पाँच तारे होटलहरुले पनि नेपाली खानालाई बिकास गरेरलैजानु पर्छ भन्ने मान्यता लाई आत्मसाथ गरेर यो कार्यक्रम को आयोजना गरेको अलफ्ट होटल काठमाडौका जनरल मेनेजर बिक्रम सिंघले बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »