सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल अडिटर्स एशोसियसनका केन्द्रीय सदस्य मोहम्मद जुबेर राईद्वारा दुई सय घर परिवारलाई खाद्यान्न सामाग्री वितरण


नेपालगन्ज , नेपाल अडिटर्स एशोसियसनका केन्द्रीय सदस्य मोहम्मद जुबेर राईद्वारा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ परसपुरमा रहेका दुई सय घर परिवार अत्ति विपन्न तथा गरीबहरुलाई राहत वितरण गर्नु भएको छ ।


राईले आफ्नो ब्यक्तिगत लगानीमा करिब दुई सय घरपरिवारलाई उनले खाद्यान्न लगायतका सामान वितरण गरेका छन् ।
नेपाल अडिटर्स एशोसियसनका केन्द्रीय सदस्य राईकाअनुसार प्रतिघरपरिवार १० किलो चामल, एक किलो दाल, एक किलो नुन, एक किलो चीनी र आधा लिटर खानेतेल वितरण गरिएको छ । उनी राई एण्ड कम्पनीका सञ्चालक हुन् ।

उहाँले भन्नु भयो जुन ठाउँको भएपनि कसैले भोक भोकै नरहून स्थानीय पालिकाले राहत सामाग्री वितरण गर्नमा कही छुटेको छ भने यस्ता सामाजिक कार्यहरुमा मैले गर्नु पर्ने कामका लागी म सदैंव राहत दिन तयार रहेको केन्द्रिय सदस्य राई बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »