सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘नेपाल आइडल’को तेस्रो संस्करण फाइनल चरणमा

डिलकुमारि नेपाल, शंकर श्रेष्ठ।
नेपाल टेलिभिजनको रियालीटी सो ‘नेपाल आइडल’को तेस्रो संस्करण फाइनल चरणमा पुगि सकेकाे छ । एपी वान टेलिभिजनबाट प्रसारित नेपाल आइडलको फाइनलमा किरण भुजेल, सज्जा चौलागाईँ र प्रविण भेटवाल पुगेका हुन् । कोरोना महामारीका कारण लामो समय स्थगित भएको नेपाल आइडलको यस संस्करणको फाइनल आगामी शुक्रवार हुने आयोजककाे भनाई छ। हेर्दा तीनैजना प्रतिष्पर्धी अब्बल रहेका छन् ।तथापि गायन प्रस्तुति शैली राम्रो भएको र दर्शक स्रोताहरुबाट अत्यधिक भोट आइरहेकोले किरण नै नेपाल आइडल–३ बन्ने दावी निर्णायक मण्डलका एक सदस्यकाे जिकरि छ।

नेपाल आइडलको यात्रा

‘अडिसनमा गाएको पहिलो गित ‘तिम्रो आँखामा आँशु हेरी देखि गीत सुन साईली’ सम्म आइपुग्दा आफुलाई निकै नै फरक पाएको छु, उहांकाे भनाई छ। ‘नेपाल आइडलले मलाई आफ्नो पहिचान बनाई दियाे। पहिले साधारण पहिचान भएको मलाई अहिले लाखौँ नेपाली जनताले माया गरिदिएको छन्।उहांहरुको मन जित्न सफल हुँदा साँच्चै नै खुशी लागेकाे छ।उनले विगत सम्झदै भने, ‘विगतमा मैले गीत निकाल्दा सकारात्मक प्रतिक्रिया त आयो तर बजार पाउन सकिएन ।’यसैले कतिपयले त सांगीतिक यात्रामा नफाप्नेसमेत सुझाव दिए। तर मैले मेहेनत गर्दै ,अाए उहीँ परिश्रमका फल मेहेनतको नतिजा पाइरहेको छु।’उहांले भने

संघर्षको पल

गायक भुजेलकाे रहर २०६५ सालमा एसएलसीपछि गायक बन्ने सपना बोकेर काठमाडौं तिर लागे ।गोजिमा जम्मा ३ हजार मात्र बोकेर काठमाडौं गएको उनी अाफु बताउँछन् । संगीत विषय पढ्न ललितकला क्याम्पस भर्ना भई शास्त्रीय संगीतका प्रखर गुरु शिवराज पौडेलको सामिप्यमा संगीत सिकेका उनी सामान्य परिवार, विद्यार्थी जीवन र सपना सार्थकता पार्न अनेकन संघर्ष गरेका थिए। संगीत सिक्ने क्रममा गुरुसम्म पुग्न गाडी भाडा नहुँदा भोको पेटमा संगीतका सा..रे…ग..म सिकेको उनी बताउँछन् ।पुरानाे दिनका याद गुरु नै मेराे भाेक तिखाका उपहार हुन् ,उनी गुरुकाे निकै प्रशसा गर्छन्।

महोत्तरी बर्दिबास नगरपालिका अन्तर्गत चेरु गडन्ता माइस्थानमा जन्मेका किरण टुटेश्वर, खयरमारा, बर्दिबास छिमेकी गाउँको कार्यक्रमहरुमा बाल्यकालबाटै गीत गाउन भागि भागि पुगिहाल्थे । संगीतमा गहिरो रुचि राख्ने उनीलाई सानैदेखि स्कुलका शिक्षक, साथीभाइ र आफन्तजनहरुले पनि साथ हौसला दिदै गएका थिए ।

संगीत सिकेपछि काठमाडौंका विद्यालयहरुमा संगीत विषय पढाउने र साँझको समय होटलहरुमा गीत गाउन थाले छन् । आइडलमा आउनु अघि धेरै गीत गाएको बताउँदै भुजेलले ती गीतहरु खासै चर्चा नआएको बताउँछन् ।उनले आफुलाई प्रमाणित गर्न संगीतकार कहाँ धाए, ‘खोजी प्रतिभा टिभी शो, नेपाल आइडलको पहिलो सिजनमा प्रतिष्पर्धा, भारतीय गायन प्रतियोगिताको सारेगमपा नामक शो’ मा नेपालबाट छनौट भएर भारतसम्म पुगेको अनुभव छ उहांमा । तर सोचेभन्दा बढी सफलता पाउन सकिन, उनकाे भनाईछ।उनी विदेश जाने सोच पनि नबनाएका होइनन् तर साथी प्रेम घिमिरे, दिनेश न्यौपाने जस्ता साथीको प्रेरणाले यही पेशामा लागिपरेको उनले बताउँछन् ।

टप ७ मा कम भोट आउँदा यही सिजनमा एकपटक आउट भइसकेका किरण पुनः वाइल कार्ड इन्ट्रि मार्फत कार्यक्रममा प्रवेश गरेका हुन् । अहिले उनै किरणले टप ४ र ३ मा प्रवेश गर्दा सर्वाधिक भोट ल्याएका छन्।अभाव, संघर्ष र दृढ संकल्प सहितको सपनाको बीचबाट आफुलाई सम्हाल्दै, मिहेनत र प्रयासपछि अहिले किरण नेपाल आइडल सिजन–३ को फाइनल चरणमा पुगेका छन् । उनको प्रस्तुतीहरु दर्शकमाझ लोकप्रिय बन्दै गएका छन् । रियालिटी शोले आफ्नो सांगीतिक यात्रामा सुनौलो प्लेटफर्म दिएको उनी अाफु ठान्दछन् । फाइनल बिजेताको लागि शुक्रबार साँझ ५ बजेसम्म भोटिङ खुलिसकेको छ । आफुलाई मन पराएर भोट गर्ने महानुभावहरुप्रति धन्यबाद एवं आभारी हुँदै पुनः अघिल्लो चरणमा जस्तै सबैले माया गरी अत्याधिक भोट गरेर मलाई सहयोग गनुहुने अपेक्षा पनि उनले अनुरोध गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »