सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल आइडल चौथो सिजन सुरु हुने

काठमाडौं – नेपाली सांगीतिक इतिहासकै उत्कृष्ट टेलिभिजन कार्यक्रम नेपाल आइडल चौथो सिजन हुने भएको छ । नयाँ प्रतिभाको खोजी गर्ने यस शो अब पुनः प्रसारणमा आउने निर्माता तथा निर्देशक सुरेश पौडेलले बताए । फ्रेन्चाइजको अनुमति ३ वर्षको रहेकोले अर्को शो गर्ने नगर्ने दोधार भएकोमा चौथो सिजनको अनुमति पाइएको निर्माता पौडेलले बताए । अब चौथो सिजनको लिखित अनुमति पत्र पाए लगत्तै प्रोमो सार्वजनिक गरिने पौडेलले बताए ।उनका अनुसार यस सिजनमा जजहरु फेरिन सक्नेछन् । शोको तेस्रो सिजनसम्म गायिका इन्दिरा जोशी, गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा, संगीतकार न्ह्यु बज्रचार्य जजको रुपमा रहेका थिए । यसअघिको तेस्रो सिजनको विजेता सज्जा चौलागाई बनेकी थिइन् ।

भर्खरै

सम्बन्धित खबर

Language »