सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल कपडा तथा सिलाई ब्यवसायीका माग पुरा गर्न ज्ञापनपत्र बुझाइयो


नेपालगञ्ज, आफुहरुका माग पुरा गर्नुपर्ने माग गर्दै नेपालगन्ज नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेले आज ज्ञापनपत्र बुझाएको छ ।

बाँके जिल्लामा रहेका सम्पूर्ण सिलाई व्यवसायी पेसाकर्मीहरुको समस्या समाधानका लागि नेपालगन्ज उप महानगरपालिकाका उप प्रमुख उमा थापा मगरलाई ज्ञापन पत्र बुझाएको हो ।


नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेका अध्यक्ष शालिक राम नगबागले जानकारी दिनुभयो ।

नगबागको नेतृत्वमा गएको टोलीले पेसा सन्चालन गर्न लिएको ऋणको व्याज तथा करमा छुट गर्न, लकडाउन अवधिभरको घरभाडा मिनाह गर्न स्थानिय सरकारद्धारा पहल गर्न, सिलाई काममा प्रयोग हुने मजदुरहरुको दैनिक जिवनयापनका लागि विषेश राहतको व्यवस्था गर्न र बैंकको सावा तथा किस्ता तिर्ने समय सिमा आगामी माघ महिना सम्म व्यवस्था गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।


नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेका पदाधिकारीहरुले सिलाई व्यवसायि संकटको घडिमा रहेको भन्दै स्थानीय सरकारले उचित व्यवस्थापन तिर ध्यान दिन उपप्रमुख मगरको ध्यानाकर्षण गराए ।


सो अवसरमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेका संघका सचिव मो मोहसिन हलवाई, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेका सल्हाहकार सभापति कस्मिरा मिया खातुन,नेपाल कपडा तथा सिलाई व्यवसायी संघ नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष्य अब्दुल हमिद लगायतका ब्यबसायीहरुको उपस्थिती रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »