सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ, बाँकेले लकडाउन अवधिभरको तिर्नुपर्ने सम्पूर्ण कर छुट गर्न , नेपाल सरकारसँग माग

नेपालगञ्ज , नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ, बाँकेले लकडाउन अवधिलाई शुन्य समय मानेर यस अवधिभरको तिर्नुपर्ने सम्पूर्ण कर छुट गर्न सरकारसँग माग गरेको छ ।


कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित भएको निजी क्षेत्रमध्ये सिलाई व्यवसाय झनै प्रभावित भएको हँुदा कर तिर्नसक्ने अवस्था नरहेका बेला राहत दिनुको सट्टा सरकारले लकडाउन जारी रहेकै बेला कर तिर्न गरेको ताकेताले हतोत्साहित र मर्माहत बनाएको संघले जनाएको छ ।


जिल्ला प्रशासन कार्यालय, बाँकेमार्फत संघीय सरकारका अर्थ मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै संघले पेशा संचालन गर्न लिएको बैँक ब्याज तथा करमा बिशेष छुटको व्यवस्था गर्न सरकारसँग माग गरेको नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ, बाँकेका अध्यक्ष शालिकराम नगबागले बताए ।


उनले लकडाउन अवधि भरको घर भाडा मिनाहा वा छुटको व्यवस्था गर्न अर्थ मन्त्रीसँग माग गरिएको बताए । सिलाई ब्यवसायमा संलग्न रहेका सबै सिलाई मजदुरको दैनिक जिवन निर्वाहका लागि विषेश राहतको ब्यवस्था गर्न पनि संघले माग गरेको छ ।


बैँक व्याज छुट गरि किस्ता तिर्ने समय सिमा आगामी माघ महिनासम्म बनाउन नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ, बाँकेले माग गरेको छ ।

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला बाँकेका सचिव मो.मोहसीन हल्वाईले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »