सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल कम्युनिष्ट पार्टी प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटीद्वारा बृहद रक्तदान


प्रहलाद विश्वकर्मा
नेपालगंज
,विश्वव्यापी महामारी कोभिड–१९ कोरोना भाइरसबाट प्रभावित र अन्य रोगका कारण अस्पताल भर्ना भएका विरामीलाई आवश्यक पर्ने रगतको माँगपूर्ति गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं १ ख बाँकेले आइतवार कोहलपुरमा बृहद रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त महामारीका कारण रक्तदान गर्ने स्वयंसेवी र संस्थागत रक्तादाताको संख्यामा कमी भएकोले विरामीको माँग अनुसार रगत आपूर्ति गर्न कठिनाई भइरहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं १ ख बाँकेले रक्तदान गरि महान कार्य गरेको रेडक्रसले जनाएको छ ।


बाँके जिल्लाको कोहलपुरमा आयोजित बृहत रक्तदान कार्यक्रममा १५८ जना व्यक्तिहरुले रक्तदान गरेको कुरा नेरेसो रक्तसंचार सेवा केन्द्र नेपालगन्जका इन्र्चज उपेन्द्र रेग्मीले बताउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »