सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल कम्युनिष्ट पार्टी बाँकेले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि जथाभावी सामुहिक रुपमा होली नखेल्न आग्रह


नेपालगन्ज , नेपाल कम्युनिष्ट पार्टी बाँकेले कोरोना भाइरस लगायतको संक्रमणबाट जोगिनका लागि जथाभावी सामुहिक रुपमा होली नखेल्न, रंग नलगाउन र अनावश्यक रुपले सभा, समारोहमा सहभागिता नजाउन अपील गरेको छ ।

अध्यक्ष आईपी खरेल र सचिव अशोक कोइरालाले संयुक्तरुपमा पार्टी कार्यकर्ता, शुभेच्छुक एवं आमनागरिकमा यस्तो अपील गरेका हुन ।

‘बिश्वभर कोरोना भाइरसको त्रास फैलिएको बेला संघीय सरकार र प्रदेश सरकारले उच्च सतर्कता अपनाएका छन् ।

जिल्लामा हाम्रो पार्टीका तर्फबाट पनि सतर्कता अपाउन अपील गरिएको छ ।’ नेकपा बाँकेका प्रचार विभाग प्रमुख प्रमोद धितालले भने–‘सम्पूर्ण पार्टी कार्यकर्ता, शुभेच्छुक एवं बाँकेबासी दाजुभाई दिदी बहिनीलाई होेली खेल्दा बिशेष ध्यान दिन र सभा,समारोहमा सहभागि नहुन अनुरोध गरिएको छ ।’

संघीय स्वास्थ्य मन्त्रालयले मेला–महोत्सव तथा भिडभाड हुने कार्यक्रम नगर्न अनुरोध गरेअनुरुप प्रदेश ५ का १२ वटै जिल्लामा मेला तथा महोत्सव गर्न रोक लगाइएको छ ।

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत मेला तथा महोत्सव नगर्न र पहिले दिएको स्वीकृति पनि रद्द गर्ने निर्णय गरिसकेको छ । बिभिन्न क्षेत्रबाट यो निर्णय कार्यान्वयन भइरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »