सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल तामाङ कलाकार संघकाे अध्यक्षमा विश्व दाेङ,

काठमाडौँ । नेपाल तामाङ कलाकार संघको १४ औं वार्षिक साधारसभा तथा सातौं अधिवेशनबाट गायक तथा संगीतकार, शब्द रचनाकार विश्व दोङ अध्यक्षतामा २१ जनाको कार्य समिति चयन भएको छ ।

बागमी प्रदेशको भुमी सुधार तथा कानुन मन्त्री चन्द्र लामाको प्रमुख आतित्थ्यतामा समउद्घाटन भएको कार्यक्रममा वरिष्ठ संगीतकार तथा गायक चन्द्र कुमार दोङ, नेपला सरकारको पूर्व सचिव धन बहादुर लामा, वरिष्ठ गायक चन्द्र कुमार मोक्तान, नेपाल राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविन बल, लगाएतका व्यक्तिहरु अतिथिको रुपमा रहेका थिए ।

गायक तथा संगीतकार सन्जिव वाइवाको दुई वर्ष सफल कार्यकाल पछि गायक विश्व दोङको नेतृत्वमा आएको हो । नव निर्वाचित अध्यक्ष विश्व दोङलाई आउदो दिनमा काम गर्न सहज र चुनौती दुवै थपिएको छ । अध्यक्ष दोङको कार्य समितिमा वरिष्ठ उपाध्यक्षमा शशिकला मोक्तान, विशाल काल्तन, महासचिवमा रोशन फ्युवा, सचिवमा सुभास मोक्तान, कोषाध्यक्षमा खेम मोक्तान, रहेका छन् भने अन्य १५ जना कार्य समितिमा सदस्यता रहेका छन् ।

नेपाल तामाङ कलाकार संघको अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा सर्वसहमत चयन भएता पनि सदस्यताको लागि राति अबेर सम्म विवाद भएको थियो । अन्तमा सहमतीमा नै समस्याको समाधान गरेका थियो तसर्थ कार्य समिति घोषणामा ढिला भएको थियो ।

निवर्तमान अध्या सन्जिव वाइवाले आफ्नो कार्यकालको समिक्षा गर्दै यसरी आफ्नै समाजिका वालमाय लेखेका छन् ।

१४ औं वार्षिक साधारणसभा र सातौं अधिबेशन सम्म निरन्तर सकृय रही बिदा हुँदै गर्दा ।
१. संस्थापक सदस्य सहित द्द कार्यकाल सदस्य, ४ बर्ष।
२. एक कार्यकाल सचीब ,२ बर्ष ।
३. दुई कार्यकाल महासचीब ,४ बर्ष ।
४. दुई कार्यकाल अध्यक्ष , ४ बर्ष ।
मुख्य कार्यक्रम
१. ल्होछार बिकेन्द्रित कार्यक्रम २०६३ ।
२. ताम्सालिङ जागरण अभियान २०६४ ।
३. तामाङ लेखौं जागरण अभियान २०६८ ।
४. भुकम्प पिडितलाई सहयोग (२०७२
५. तामाङ सेलो तथा तामाङ खाना महोत्सव २०७६ ।
६. सिन्धुपाल्चोक ,लिदी पहिरोपिडितलाई सहयोग २०७७।
७. कोभिड र लकडाउनका कारण अप्ठेरोमा परेका कलाकारहरुलाई सहयोग (२०७७ ।
८. बिरामी कलाकारहरुलाई सहयोग ।
९. मेलम्ची ,हेलम्बु , पॉचपोखरी बाढी पहिरो पिडितलाई सहयोग तथा राहत २०७८ ।
१०. कलाकारका आफ्ना बुवा वा आमाको मृत्यु हुंदा संस्थाको अक्षयकोषबाट सहयोग ।
तामाङ कला , संस्कृतिको संरक्षण , प्रबर्द्धन र बिकासमा निरञ्तर सहभागिता ।
बिभिन्न संघसंस्थाहरूले आयोजना गरेका थुप्रै सामाजिक , सांस्कृतिक तथा राजनीतिक अधिकार प्राप्तिका लागि आयोजित अभियानहरूमा सहभागी लगायत अन्य जटिल बिरामी ,असक्त र कमजोर अवस्थाका थुप्रै महानुभावहरूलाई आर्थिक तथा सॉस्कृतिक सहयोग ।

देशी तथा बिदेशी तामाङ संघसंस्था तथा ब्यक्ति , ब्यक्तित्वहरु सॅग संस्थागत सम्बन्ध सुदृढ बनाउन सकृय भुमिका निर्वाह ।
३, ७,८ वटा ९ बिदेशमा प्रवासी तामाङ संस्थाहरूद्वारा आयोजित ल्होछार सॉस्कृतिक तथा अन्य कार्यक्रमहरूमा सहभागी ।
यो १४ बर्षे लामो अभियानमा आफ्नो अमूल्य जीबनको उर्जावान समयलाई ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाज र समुदायको सॉस्कृतिक र राजनीतिक प्रवाहलाई प्राथमिकतामा राखेर सकेको योगदान दिएको छु र संस्थालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न र आर्थिक रुपमा समेत मजबुत बनाउन महत्वपूर्ण योगदान गरेको छु ।


त्यसैले आज मलाई आफ्नो ब्यक्तिगत उन्नति र प्रगतिमा भन्दा बढी आत्म सन्तुष्टि प्राप्त गरेको बिषयलाई ठूलो उपलब्धिको रुपमा लिएको छु । यसर्थ आज यो संस्थाबाट कार्यकारी रुपमा बिदाई हुंदै गर्दा आफुलाई एकदम गौरवान्वित ठानेको छु ।


हुन त यो १४ बर्षे अभियान भन्दा अगाडि पनि लामो समय यस्तै अभियानमा ब्यक्तिगत र अन्य संस्थासॅग समाहित रहेर पनि योगदान गरेकै हो तर पनि आफ्नै बिधासॅग सम्बन्धित रहेर लामो समय काम गर्दाको अनुभव र अनुभूति बेग्लै हुंदो रहेछ ।


मलाई र मेरो अभियानहरूलाई ब्यक्तिगत र संस्थागत रुपमा आजको दिनसम्म आईपुग्दा सशक्त सहयोग गर्नुहुने मेरा अग्रजहरू , सहकर्मीहरु कलाकारहरु , नयॉ पुस्ताका उर्जावान कलाकार भाई ,बहिनीहरू, बिभिन्न संघसंस्थाहरू , बुद्धिजीवीहरू , राजनीतिज्ञहरू , ब्यबसायीहरु , पत्रकारहरू ,शुभेच्छुक ,शुभचिन्तक र सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुमा मेरो ब्यक्तिगत र संस्थागत तर्फबाट लाखलाख आभार एवं धन्यबाद ब्यक्त गर्न चाहन्छु ।


साथै आज सम्म मैले काम गर्ने सन्दर्भमा म बाट ब्यक्तिगत वा संस्थागत रुपमा जान(अञ्जान गल्ती ,कमजोरीहरू गरेको भएमा वा हुन पुगेमा सबै समक्ष हृदयदेखि क्षमा याचना पनि गर्दछु र ब्यक्तिगत सुधारका लागि थप सल्लाह सुझावको समेत अपेक्षा पनि राख्दछु र अगामी दिनहरुमा कार्यकारी रुपमा संस्थामा नरहेपनि आफ्नो क्षमता ,योग्यता र बलबुत्ताले भ्याएसम्म समुदायको लागि निरञ्तर लागिरहने प्रतिबद्धता ब्यक्त गर्दछु ।
अन्तमा , संस्थाको १४ बार्षिक साधारण सभा तथा ७ औं अधिवेशनलाई भव्य र सभ्य रुपमा सफल बनाउन महत्वपूर्ण समय प्रदान गर्नुहुने प्रमुख अतिथि , बिशेष अतिथि , अतिथि , अध्यक्ष मण्डल , निर्वाचन मण्डल , पत्रकार , कलाकार , संघसंस्था ,शुभेच्छुक र शुभचिन्तकहरुमा हृदयदेखि आभार एवं धन्यबाद ज्ञापन गर्दछु र नव निर्वाचित अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी र सदस्य साथीहरुलाई हार्द्धिक बधाई ब्यक्त गर्दै संस्थाको गरिमालाई अझ उच्च बनाउनमा सशक्त र महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा र सुझाव सहित सफलताको शुभकामना ब्यक्त गर्दछु 🙏🙏🙏। धन्यबाद , थुजेछे , ल्हास्सो ,फ्याफुल्ला ।

भर्खरै

सम्बन्धित खबर

Language »