सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल तामाङ चलचित्र संघकाे आयाेजनामा माघ १० गते मैत्रिपुर्ण फुटबल खेल हुने

काठमाडाैँ । नेपाल तामाङ चलचित्र संघकाे आयाेजनामा २८५६ औँ ”जिवा ल्हाे” साेनाम ल्हाेछारकाे अवसरमा टुडिखेलमा नेपाल तामाङ चलचित्र संघ र तामाङ पत्रकार संघ बीच मैत्रिपुर्ण फुटबल खेल हुने भएकाे छ त्यसपछि नेपाल तामाङ युवा घेदुङ, अापा ङाछा टेलिसिरियल बीच मैत्रिपुर्ण खेल हुने छन् । याे खेल टुडिखेलमा माघ १० गते शुक्रबार बिहान ११ बजे देखि शुरू हुने छन् ।

तामाङ समुदायमा एकताकाे सन्देश दिनका लागि मैत्रीपुर्ण खेलकाे आयाेजना गरेकाे नेपाल चलचित्र संघका अध्यक्ष विकु थाेकरले जानकारी दिनु भएकाे छ ।

”तामाङ चलचित्र संघ र नेपाल तामाङ पत्रकार संघ भनेकाे तामाङ समुदायकाे दर्पण हाे । त्यसकारण हामीले साेनाम ल्हाेछारकाे अवसरमा सम्पुर्ण तामाङ संघ सस्थालाइ एकताकाे सन्देश दिनका लागि मैत्री पुर्ण फुटबल खेलकाेआयाेजना गरेकाे हाे ।” नेपाल तामाङ चलचित्र संघका अध्यक्ष थाेकारले सारा खबरलाई बताउनु भएकाे छ ।

”हार-जित आफ्नाे ठाउँमा छ तर हामीले एकताकाे सन्देश दिन खाेजेकाे हाे । त्यसकारण भाेलि हुने मैत्रीपुर्ण खेलमा सम्पुर्ण तामाङ समदायलाई उपस्थितिका लागि म विनम्र अनुराेध गर्दा छु ।” नेपाल तामाङ पत्रकार संघका अध्यक्ष विष्णु लामाले जानकाकरी दिनु भयाे ।

नेपाल तामाङ चलचित्र संघमा विकु थाेकर अध्यक्ष भएपछिकाे याे मैत्रीपुर्ण फुटबल खेल दाेस्राे हाे । उहाँले तामाङ समुदायमा सकरात्मक सन्देश दिनका लागि विभिन्न कार्यक्रमहरूकाे अायाेजना गर्दै आइरहेका छन् । याे फुटबल खेल एक उदाहरण मात्र हाे ।

भर्खरै

सम्बन्धित खबर

Language »