सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल तामाङ युवा घेदुङको छैठौं संघीय महाधिवेशन शुरु


काााठमाडौं । नेपाल तामाङ युवा घेदुङको छैठौं संघीय महाधिवेशन काठमाडौंमा शुरु भएको छ ।

अाज हुने महाधिवेशनले नयाँ नेतृत्वको चयन गरिने छन् ।

प्रमुख अतिथिमा संघीय साँसद बहादुर सिँ तामाङ उपस्थिति हुने भनिएता पनि उपस्थित हुन सकेन ।

सम्मेलनमा कुनै पनि नेताहरुको उपस्थिति देखिएन ।

पूर्व राज्यमन्त्री सु्रयमान दोङ (लालध्वज) पनि उपस्थित हुन सकेनन् ।

अरुबेला कार्यक्रममा अतिथिका लागि तछाड मछाड हुने दलका नेताहरु युवा घेदुङको युवा सम्मेलनमा कसैलाई देख्न सकिन ।
कार्यक्रममा धेरै अतिथिहरुले संघियताको नाममा नै समय खर्च गरेको थियो ।

शुभकामना मन्तव्यको क्रममा नेपाल तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले तामाङ समुदायको हितका लागि उठाएको मुद्धहरु युवा घेदुङले कदापि विर्सन नहुने बताएका छन् ।

वाग्मती प्रदेश नामाकरण गरि राज्यले तामाङ समुदाय माथि अन्या भएको हुनाले अब चुन्ने नयँ नेतृत्वले तामाङ समुदायको मुद्दा उठान गर्न सफल होस् भन्ने शुभकामना दिनु भएको थियो ।

पुर्व एसियका अध्यक्ष तथा अन्तर्राष्ट्रिय तामाङ समितिका उपाध्यक्ष अस्मिता वाईवाले “नेवा-ताम्सलिङ”को पक्षमा कुनै एक जना पनि सांसदले बोल्न नसकेको देख्दा दु:ख लागेको बताएकी थिईन् ।

युवा विद्यार्थी सजना मोक्तानले “अनुरोध” कविताको माध्यमबाट विदेशीएको युवाहरुलाई स्वदेश फर्कन अाह्वान गर्दा हालमा तालिले विशेष सम्मान पाउन सफल भएको थियो ।


सचिवालय सदस्य मान बहादुर मोक्तानले अोझेलमा रहेका युवाहरुको पहिचान अनि तामाङ समुदायको मुद्दालाई उठान गर्न सक्ने नेतृत्वको यो महाधिवेशन चयन गरिने बताएका छन् ।

कार्यक्रममा सस्थाका वरिष्ठ उपाध्यक्ष विलाम माेक्तानले स्वगत मनतव्य दिनु भएकाे थियाे भने उहाँ अध्यक्षका दाबेदार उम्मेदार पनि हाे ।

भर्खरै

सम्बन्धित खबर

Language »