सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल पत्रकार महासङ्घ काठमाडौ शाखालाई ह्यण्ड स्यानिटाइजर हस्तान्तरण

काठमाडौं । कालिका सोप एण्ड केमिकलले नेपाल पत्रकार महासङ्घ काठमाडौ शाखालाई करिब ३०० वोतल ह्यण्ड स्यानिटाइजर हस्तान्तरण गरेको छ। आइतबार शाखा परिसर भृकुटीमण्डपमा ह्यण्ड स्यानिटाइजर हस्तान्तरण गरिएको हो ।

कोरोना संक्रमणको जोखिमलाई ख्याल गरि स्वास्थ्य सुरक्षाको उद्देश्य राखेर कालिका सोपका प्रतिनिधिले नेपाल पत्रकार महासङ्घ काठमाडौंका उपाध्यक्ष सुर्य सुवेदीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

सामाग्री बुझ्दै शाखा उपाध्यक्ष सुर्य सुवेदीले प्राप्त सामाग्री पहिलो घेरामा रहेर समाचार सङ्कलन गर्ने पत्रकारहरुलाई पहिलो प्राथमिकतामा राखेर वितरण गर्ने बताए ।

उपाध्यक्ष सुवेदीले कोरोना संक्रमणको मौका छोपी विभिन्न मिडियामा कार्यरत पत्रकार हरुलाई कामबाट निकाल्ने, बेतलबी बस्न लगाउने जस्ता सूचना आएकाले त्यसो नगर्न र श्रमजीवी पत्रकारको साथमा रहन सम्बन्धित मिडियालाई आग्रह गरे।

सुवेदीले भने संकटको घडीमा दाताबाट प्राप्त खाद्यान्न लगायतका सामाग्री करिब २५० भन्दा बढी पत्रकारलाई सहयोग गरेको र अरु पत्रकारलाई पनि अफ्ठ्यारो परेको खण्डमा सहयोग गर्न शाखा तयार रहेको जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »