सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल परिवार नियोजन संघ बाँके शाखा गठन, सपथ ग्रहण कार्यक्रम सम्पन्न

नेपालगन्ज । नेपाल परिवार नियोजन संघ बाँके शाखाको कार्य समितिको चुनावको मत परिणाम पछि कार्य समितिहरु ले बुधबार कार्य नेपाल परिवार नियोजन को हलमा सामुहिक रुपमा सपथ ग्रहण गरेका छन् ।

पुस २० गते भएको निर्वाचनमा २ जना सभापति पदमा ,६ जना सदस्य, ८ जना महिला सदस्य र २ जना युवा किशोरी सदस्य ले भाग लिएकोमा २ जना किशोरी युवा सदस्य निर्विरोध विजय भएका थिए । भने सभापतिमा २ जना मुना श्रेष्ठ र जन्मजय र्वनवाल दुबै सभापतिमा १२१ मत बराबर लिएर बिजय भएका छन् ।

सभापति मा दुबैको बराबर मत आएपछि उनिहरुको कार्यकाल भने फरक समय र मिती मा हुने जनाइएको छ जस्मा मुना श्रेष्ठ को कार्यकाल २०७६\ ०९\ २१ देखी २०७८ \ ०३ महिना २० सम्म रहने छ, भने जन्मजय र्वनवाल को मुना श्रेष्ठ को कार्यकाल सकिय पछि २०७८ /०३ महिना २० गते देखी २०७९\०९ महिना २० गते सम्म तोकिएको छ ।

परिवार नियोजन संघ बाँकेका सदस्य हरुमा बदरुददुजा खाँ, हरप्रित सिंह, जितेन्द्र कुमार जोशी, र महिला सदस्य मा लक्ष्मी कुमारी श्रेष्ठ, विना थापा, सिता देवि बैश्य र संगिता श्रेष्ठ बिजय भएका छन् युवा किशोरी सदस्य मा प्रभी सुवेदी र अदिती वैश्य दुबैजना निर्विरोध विजय भएका थिए ।

नेपाल परिवार नियोजन संघ बाँके मा भएको निर्वाचनमा ३४४ मतदाता रहेकोमा २७० मत खसेको निर्वाचन समिति का अधिकृत अधिवक्ता ईश्वरी प्रसाद ज्ञवाली ले जनाएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »