सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल–पाकिस्तान मैत्रिपूर्ण ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक

काठमाडौं । पाकिस्तानी दुतावसको आयोजनामा हुने आठौं संस्करणको नेपाल–पाकिस्तान मैत्रिपूर्ण ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सोमवार सार्वजनिक गरिएको छ ।

पाकिस्तानी दुतावासमा आयोजित एक कार्यक्रममा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यक्रमपछि बोल्दै नेपाली टोली पूर्वकप्तान पारस खड्काले प्रतियोगिताबाट नेपाली युवा प्रतिभावन खेलाडीले मौका पाउने गरेको बताउनु भयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिसावमा युवा खेलाडीले खेल्ने गरेपनि दुतावासले आयोजना गर्दै आएको प्रतियोगिताले युवा खेलाडीलाई मौका दिने गरेको बताउनु भयो । खड्काले पाकिस्तानी दुतावासमा रहेको मैदान नेपालमा भएको मैदान मध्येको सेवा सुविधा सम्पन्न मैदान भएको र दुवै देशका सरकारबाट दुतावसमा अवस्थित मैदानलाई पूर्ण रुपको मैदानको रुपमा प्रयोग गर्ने मिल्नेगरी उपलब्ध गराउन आग्रह गर्नुभयो ।

प्रतियोगितामा कुल १२ टोलीले प्रतिष्पर्धा गर्नेछन् । नेपालमा रहेका उदीयमान खेलाडीको हौसला प्रदान गर्नका लागि आयोजना गर्दै आएको छ । प्रतियोगिताको ट्रफी नेपालको तर्फबाट पूर्व कप्तान पारस खड्का र दुतावासका उपराजदुत उमर अलिले संयुक्त रुपमा सार्वजनिक गर्नुभयो ।

प्रतियोगिता १० मार्चदेखि १८ मार्चसम्म आयोजना हुँदैछ । दुतावसले सहभागि १२ टोलीलाई चार समूहमा विभाजन गरी खेलाउनेछ ।

चार समूहका शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् र सेमिफाइनलमा विजयी टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »