सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल प्रहरीको सई भनी ठगी गर्ने व्यक्ति पक्राउ”

काठमाडौं । नेपाल प्रहरीको सई हुँ भनी ठगी गर्दै हिडेको अारोपमा महानगरीय प्रहरी टेकुले पक्राउ गरेक‍ो छ ।
विगत केही समयदेखी काठमाडौं उपत्यकामा नेपाल प्रहरीको सई हुँ भन्दै सोझा-साझा मानिसहरुलाई लक्षित गरी ठगी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा नेपाल प्रहरीको सई हुँ,काठमाडौं एयरपोर्टमा कार्यरत छु र म सँग बैंक खातामा धेरै रकम जम्मा भएकोले कतैबाट छानबिन भएमा अफ्ठेरोमा पर्न सक्छु, मसँग भएको ३०(तिस) लाख तपाईको खातामा हालिदिन्छु भनी जिल्ला सिन्धुपाल्चोक हेलम्बु गा.पा. वडा नं. ०३ घर भई हाल का.जि. मनहरा बस्ने लक्ष्मण गिरीलाई ठगी गरेको अारोपमा महानगरीय प्रहरीले पक्राउ गरेको हो ।

उनले तपाईको र मेरो बैंक(ट्रान्जेक्सन) देखाउन तपाईंले मलाई ३(तिन) लाखको चेक काटिदिनुस् र पछि तुरुन्तै म तपाईंलाई ३०(तिस) लाख खातामा राखिदिन्छु र एउटै शाखाबाट उक्त रकम निकाल्न मिल्दैन भनी चाबहिल स्थित नेपाल बैंक लि. को शाखामा लगी अलपत्र छाडी नगद रु. ३(तिन) लाख नेपाल बैंक लिमिटेड,कालिमाटी शाखाबाट निकाली ठगी गरेको अारोपमा जिल्ला रामेछाप मन्थली घर भई हाल का.जि. बसुन्धरा बस्ने राजु कार्कीलाई का.जि. का.म.न.पा. वडा नं. १३ कलङ्कीबाट पक्राउ गरी आबश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुले मुद्दा चलाएको जानकारी दिएको छ ।

बरामद सामानहरु:-
१. नगद रु. ७,५००।–
२. च्यासिस नम्बर MDZJUCYHXHC005179 र ईन्जिन नम्बर 790610306 भएको बा ९१ प ७४४६ नम्बरको KTM DUKE 200 मोटरसाईकल कालो सेतो रङको थान १
३. Oppo कम्पनीको मोबाईल सेट थान १
४. बा ९१ प ७४४६ नम्बरको सवारी दर्ता किताब थान १
५. STUDDS लेखिएको कालो रङको हेलमेट थान १

अनुसन्धानबाट खुल्न आएका कुराहरु:-
• निजले ठगी गरेको रकम चितवनमा बिबाहमा सरिक हुन गई कपडा लगायतको सपिङमा खर्च गरेको ।
• केही रकम काठमाडौं ठमेल स्थितमा गई खर्च गरेको ।
• सोही रकमले आफ्नो Duke मो.सा. मर्मत गरेको ।
• निज २०७२ साल चैत्र २८ गते ठगीमा मुद्धा चली ६ महिना कैद भुक्तान गरी २०७३ सालमा ६८,०००।– धरौटीमा छुटेको ।

भर्खरै

सम्बन्धित खबर

Language »