सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल बार एसोसिएसनसंग तेमाल गाउँ पालिकाका जनप्रतिनिधिको कानुनी साक्षात्कार

नेपाल बार एसोसिएसन,काभ्रेले तेमाल गाउँ पालिकाका जनप्रतिनिधिहरु लगायत न्यायिक समितिका पदाधिकारीहरु संग कानुनी साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त साक्षात्कार कार्यक्रममा बोल्दै तेमाल गाउँ पालिकाका अध्यक्ष सलाम सिं तामाङले तेमाल गाउँ पालिकाका जनताको न्यायको लागि काभ्रे बारसंग सहकार्य गर्दै न्यायिक शिक्षा दिन आफू इच्छुक रहेको र तयार रहेको बताएका थिए । साथै वहाँले आफ्नो गाउँ पालिकामा रहेको न्यायिक समितिले सबै जनताको मन जित्न सफल रहेको पनि बताएका थिए ।

उक्त साक्षात्कार कार्यक्रममा उपाध्यक्ष दुर्गा माया तामाङले तेमाल गाउँ पालिकामा ६१ जना मेलमिलापकर्ता र ३ जनाको न्यायिक समितिले न्याय सम्पादनको काम उत्कृष्ट रूपमा गरेको बताएकी छिन् भने सामुदायिक विद्यालयहरुमा पनि कानुनी ज्ञान सम्बन्धी कार्यक्रम ल्याए अझ राम्रो हुने बताएकी छिन् ।

तेमाल गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुइकेलले विकास निर्माणको अभियानलाई सरल एवं सहज बनाउन गाउँसभाबाट अहिलेसम्म ऐन,नियमावली र कार्यबीधी ७ वटा निर्माण गरी विकासलाई अगाडि बढाएको बताएका छन् । उनले अझै थप कानुन बनाउनका लागि जिल्ला बारसंग सहकार्य गर्न चाहेको पनि बताए ।

काभ्रे बारका अध्यक्ष देवकुमार मोक्तानले स्थानीय तहले स्थानिय सरकार, सन्चालन ऐन २०७० अन्तरगत रहेर गाउँ पालिकाले न्याय सम्पादनको काम गर्नुपर्ने बताएका थिए । साथसाथै सुखी र समृद्ध नेपालको थालनी गाउँ-ठाउँ बाटै सुरू गर्नु पर्ने वहाँको जोड थियो ।

साक्षात्कार कार्यक्रममा काभ्रे बारका उपाध्यक्ष विजय भक्त श्रेष्ठ, सचिव मधुसुदन वाग्ले, तेमाल गाउँ पालिकाका प्रवक्ता तथा वडा नं ७ का अध्यक्ष ज्ञान बहादुर तामाङ ,वडा नं २ का अध्यक्ष तेमाल सिं तामाङ, जिल्ला बारका कोषाध्यक्ष रामप्रसाद मानन्धर र जिल्ला बारका सदस्य परमात्माराम पराजुलीको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »