सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल भारत सीमानाका जमुनहा नाकामा पानी तथा खाद्य सामग्री वितरण


प्रहलाद विश्वकर्मा
नेपालगंज, कोरोना भाइरसको महामारीका कारण भारतबाट नेपाल फर्किरहेका नेपालीहरुलाई खानेपानी तथा तयारी खाद्यवस्तु वितरण शुरु गरिएको छ ।


नेपाल भारत सीमाको जमुनहा नाकामा जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा नेपाल रेडक्रस सोसाइटी बाँके,युनिसेफ र नेपालगंज मेडिकल कलेजको संयुक्त प्रयासमा उक्त कार्य शुरु गरिएको हो ।


भारतको विभिन्न राज्यबाट नेपाल फार्किरहेका नेपालीहरुले तत्काल खानेकुरा नपाएर समस्यामा परेकोले त्यस्ता व्यक्तिहरुका लागि उल्लेखित निकायहरुले समन्वयात्मक रुपमा यो कार्यको थालनी गरेका हुन ।

प्रतिव्यक्ति १ बोतल पानी, २ प्याकेट विस्कुट र १ प्याकेट चाउचाउ नेपाल रेडक्रस र मेडिकल कलेजका स्वयंसेवकहरुले एकै स्थानबाट संयुक्तरुपमा वितरण गरिरहेका छन् ।


यस नाकाबाट नेपालका विभिन्न जिल्लामा फर्किने व्यक्तिलाई नेपाली बस तथा भ्यानहरुले जमुनहा सिमानाबाट सम्बन्धित जिल्लामा पुर्याउनका लागि यातायातको सुबिधा उपलब्ध गराएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »