सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल राईडर व्यवसायी संघ द्धारा जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन

काठमाडौं, नेपाल राइडर व्यवसायिक संघले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमूख जिल्ला अधिकारी काली प्रसाद पराजुलीलाई भेटी राइडर व्यवसायीहरुलाई सुरक्षा प्रदान गर्न, राईडरहरुका समाईका मोटरसाइकलहरु तत्काल फिर्ता गर्न र राईडर माथि सांघातिक आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याई कार्वाही गर्न आग्रह गरेको छ ।

नेपाल राइडर व्यवसायी संघका अध्यक्ष सागर थापाको नेतृत्वमा गएको पदाधिकारी टोलीले आज प्रमूख जिल्ला अधिकारीलाई भेटी सो विषयमा ध्यानआर्कषण गराएको हो ।
भेटघाट पछि मिडियाहरुसँग बोल्दै संघका उपाध्यक्ष गोपाल तामाङ्घ भने राईडरले हरुको सुरुक्षाको प्रत्याभूति नभए हामी दुई लाख राईडरलाई लिएर आन्दोलनमा जाने समेत चेतावनी दिएकाछन् ।

 उनले भने हामीले नियम कानुन अनुसार राईडरको पेसा संचालन गछौं र गराउछौं तर  कसैले राईडर व्यावसायीलाई हमला गर्ने कुचेष्ठा गरेमा उसलाई पानी मुनि गएपनि नछाडने चेतावनी समेत दिएकाछन् ।


सोही राइडर व्यवसायी संघले भोलि दिउँसो ११ बजे उपत्यका ट्राफिक प्रहरी प्रमूखलाई भेटेर छलफल गर्नेे कार्यक्रम रहेको राईडर व्यवसायी संघका सचिव हुम नारायण श्रेष्ठले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »