सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल राष्ट्रिय तामाङ घेदुङले दिप प्रज्वलन गरी बाघ वर्गलाई स्वागत गरे

काठमाडौँ । नेपाल राष्ट्रिय तामाङ घेदुङले गाई वर्गलाई बिदा गरि बाघ वर्गलाई स्वागत गर्दै सोनाम ल्होछारको अवसरमा दिप प्रज्वलन गरे गरेको छ ।

बुडानिलकण्ड चपली हाइटमा रहेको नेपाल राष्ट्रिय तामाङ घेदुङको कार्यलयमा दिप प्रज्वलन कार्यक्रममा अध्यक्ष विर बहादुर योञ्जन, महासचिव प्रविन बल, महिला विभागको अध्यक्ष वविता योञ्जन लगाएतका व्यक्तिहरुको उपस्थिति रहेका थिए ।

नेपाल सरकारले कोभिड १९ को तेस्रो लहर ओमिक्रोनको कारणले कुनै सभा, सेमिनार, गोष्टि तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्न बन्देज लगाएको कारणले यसपाली टुँडिखेलमा हुने वृहत साँस्कृतिक कार्यक्रम नहुने भएको छ ।

नेपाल तामाङ घेदुङ, नेपाल राष्ट्रिया तामाङ घेदुङ लगाएतका विभिन्न संघ सस्थाको संयुक्ता आयोजनामा टुँडिखेलमा सोनाम ल्होछारको अवसरमा कार्यक्रम आयोजना गर्दै आइरहेको थियो ।

गाई वर्गलाई विदाइ गरी बाघ वर्गलाई स्वागत गर्ने सन्धयाकालीन अवस्थामा कोभिडको कारणले ठुलो कार्यक्रमको आयोजना गर्न नमिल्ने भएको हुनाले सम्पुर्ण तामाङ समुदायले सुरक्षितका साथ सोनाम ल्होछार मनाउन अनुरोध गर्दै थोरै मान्छे जम्मा भएर दिप प्रज्वलन गर्नु पर्दा साह्रै दुःख लागेको नेपाल राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविन बलले बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »